१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान संशोधन प्रक्रिया पहिले अगाडि बढाऊ: मोर्चा

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार १४:५०

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर मात्रै अरु प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।
आफूहरुको सहमतिबिना सरकारले निर्वाचनको मिति घोषणा गरेको जनाउँदै मोर्चाले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिनुभयो । मोर्चाले थप कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मोर्चाले अन्य पक्षसँग पनि छलफल गर्ने र साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।