१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ : राजदूत राय

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७३, शुक्रबार १४:५२

काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा राजदूत रायले नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गर्नुभयो ।
“भारतले नेपालमा संविधान जारी हुँदा त्यसमा सबैको सहभागिता भएको देख्न चाहे जस्तै स्थानीय तहको निर्वाचनमा पनि सबैको सहभागिता भएको देख्न चोहेको छ”– राजदूत रायले भन्नुभयो । नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाइ छ ।