१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनको चर्चासँगै भोटिङ मेसिनमा -याल

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार ०३:२४

काठमाडौं । निर्वाचनको चर्चासँगै भोटिङ मेसिन खदिरबारे १६ अर्बको खेल सुरु भएको छ । नेपाली वैज्ञानिक राम रिमालले निर्माण गरेको भोटिङ मेसिनको सफल प्रयोग हुँदा हुँदै विदेशबाट भोटिङ मेसिन आयात गर्न केही माफिया यतिबेला सक्रिय भएको निर्वाचन आयोग श्रोतले नेपाल ब्रिटेन डट कमलाई जानकारी दियो । नेपालमा भएका अधिकांश निर्वाचनमा रिमालले बनाएको भोटिङ मेसिनले विवादरहित ढंगले काम गरिरहेको छ ।
दुई साता अगाडि बेलायती भोटिङ मेसिन खरिद गरेर निर्वाचनमा प्रयोग गर्ने भनेर निर्वाचन आयोगमा डेमोन्स्ट्रेशन गरियो । यस कार्यमा प्रधानमन्त्रीसमेत सामेल भए, अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत डेमोन्स्ट्रेसनमा सहभागी गराइयो ।
बेलायती भोटिङ मेसिन पछिल्लो पटक भेनेजुयलाको निर्वाचनमा प्रयोग गरिएको थियो, यो मेसिनको सफ्टवेयर यस्तो थियो कि षडयन्त्र भयो र जित्नेले हारे, हार्नेले जित्यो । नेपालका सन्दर्भमा पेट्रोल पम्पको डिजिटल मेसिनमा त कम्प्युटरबाट नियन्त्रण गरेर उपभोक्तालाई ठगी गर्ने र सरकारले कुनै कारवाही गर्न नसक्ने घटनाक्रम भइरहेको सन्दर्भमा बेलायती भोटिङ मेसिनबाट गरेको निर्वाचनमा जालझेल नहोला भन्न सकिन्न ।
त्यसैले अहिले नै प्रश्न उठिसकेको छ । तथापि सरकारले भोटिङ मेसिनको प्रयोग गर्ने भनेर भोटिङ मेसिन किन्ने तारतम्य मिलाउन लागेको छ । यथार्थमा भोटिङ मेसिन किन्ने नाममा अरवौंको कमिशनको खेल भइरहेको स्रोतको दावी रहेको छ । फिलिपिन्सको निर्वाचनमा समेत बेलायती मेसिनबाट भएको निर्वाचनप्रति प्रश्न उठ्यो भने नेपालजस्तो अविकसित मुलुकमा अत्याधुनिक भोटिङ मेसिन खरिद गर्दा कमिशनको विवाद र निर्वाचन परिणाममा पनि विवाद भयो भने के के मात्र नहोला ? त्यसकारण भोटिङ मेसिन खरिद गर्ने सन्दर्भमा यो भोटिङ कि कमिशन मेसिन भन्ने प्रश्न अहिले नै उठिसकेको छ । यद्यपि नेपाली वैज्ञानिकहरुले पनि भोटिङ मेसिन बनाएका छन्, तिनको विकासका लागि सरकारले किन लगानी गरिरहेको छैन ?
त्यही विवादित र अविश्वसनीय स्मार्टम्याटिक कम्पनी नै निर्वाचन आयोगले किन रोज्यो ? यो पनि गम्भीर विषय हो । विद्युतीय भोटिङ मेसिन नेपालका लागि नौलो होइन । २०७० सालमा क्षेत्र नं १ मा प्रयोग भइसकेको हो । प्रश्न यत्ति हो कि सामान्य सहयोगमै नेपालमै यस्ता मेसिमेसिन बनाउन सकिन्छ भने किन अर्बऔं खर्च गरिरहने ? त्यो पनि विवादित कम्पनीकै मेसिन खरिद गर्न आयोगसहितको चासो बढेको हो ? सबै निर्वाचन निर्वाचन भनिरहेका छन् । निर्वाचनमा जाने राजनीतिक सहमति नजुटे पनि विद्युतीय मेसिनको विकास गर्न पहिलेदेखि नै निर्वाचन आयोगले तैयारी थाल्न सक्थ्यो । जब प¥यो राति अनि बुढी ताती गर्दा कसैको ध्यान कमिशनतिर जानेछैन र खान पाइन्छ भन्ने मानसिकता राख्दा भूकम्पपीडितका लागि खर्च गर्न सकिने बजेट विद्युतीय मेसिन खरिदमा लगाउन पर्ने भयो कि भएन ? आधुनिक प्रविधिमा जाने, बेलैमा तैयारी गरेको भए नेपाली विद्युतीय मेसिनबाटै निर्वाचनमा जान सकिने थियो कि थिएन ? आयोगका नवनियुक्त पार्टीका सिफारिसमा आयुक्त बनेकाले पनि मेसिन खरिदमा ध्यान दिन थालेका छन् । बेलायती राजदूतले समेत सरकारलाई स्मार्टम्याटिक कम्पनीकै भोटिङ मेसिन खरिद गर्न दबाब दिन थालेको पनि थाहा भएको छ ।
प्रति मेसिन २ लाख ७० हजारका दरले विक्री गर्ने कम्पनीको प्रस्ताव छ । ६० हजार मेसिन खरिद गरियो भने १६ अर्व त मेसिन खरिदमै लाग्नेछ । कति लगानी हु“दैछ भोटिङ मेसिनमा ? एउटा मेसिनले ५ सय मतदातालाई मात्र मतदान गराउन सक्ने बताइन्छ । त्यसो भयो भने अव हुने निर्वाचन नेपालका लागि सबैभन्दा महँगो हुने पक्का छ ।