७ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकलौटी ढंगले चलाएको भन्दै पौडेल समूह छलफलमा

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार ०६:३०

काठमाडौं । पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कांग्रेस संस्थापन पक्षसंग असन्तुष्ट देखिएको छ । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरु पार्टीमा कसरी प्रस्तुत हुने तथा सरकारले हालै नियुक्त गरेको आईजीपी र राजदूतका विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र छलफल नगरी राजदूतको सिफारिस गरिएको भन्दै केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाए । विशेष गरी कांगे्रसको कोटाबाट युएइका लागि राजदूतमा सिफारिस भएकी आशा लामा को हुन्, कसरी सम्पर्कमा आइन भन्ने विषयमा छलफल भएको बताइएको छ ।
पौडेल समूहको महाराजगञ्जस्थित महामन्त्री शसांक कोइरालाको निवासमा बैठक बसेको थियो । बैठकले भावी रणनीतिबारे छलफल गरेको बताइएको छ । लामो समय देखि केन्द्रीय समिति वैठक बस्न नसकेको, राजदुत नियुक्ती लगायत निर्णय सभापति देउवाले एकल ढंगले गरेको पौडेल पक्षको गुनासो छ । साथै, संसदको सवैभन्दा ठूलो दल सरकारमा रहँदा पनि भूमिका कमजोर रहेको भन्दै पौडेल समूहले संस्थापन पक्षको आलोचना गरेको छ । आजको वैठकले केन्द्रीय समिति वैठक बोलाउन दवाव दिन र राजदुत सिफारिस सच्याउन माग गर्दै सभापति देउवालाई लिखित पत्रसहित आग्रह गर्ने निर्णय भएको सहभागी एक केन्द्रीय सदस्यले नेपाल ब्रिटेन डट कमलाई जानकारी दिए ।