६ बैशाख २०८१, बिहीबार
Follow Us

विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइटसेवा

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार ०६:३४

विराटनगर । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरु गरिएको हो ।
यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् ।
विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराई, पत्रकार महासङ्घ मोरङका अध्यक्षसहित १९ जना सहभागी हुनुभएको छ । दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौ हजार रकम लिने गरिएको भविष्स श्रेष्ठले जानकारी गराउनुभयो ।