१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुमारी बैंक संकटउन्मुख, सञ्चालक बद्नाम

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७३, शनिबार १४:४२

काठमाडौं । कुमारी बैंकका संस्थापक नुरप्रताप राणाको निधन भइसक्यो । तर उनको सपना बनेको कुमारी बैंक यतिबेला चर्चामा छ । यसका सञ्चालकमाथि दाग लागेको छ । सञ्चालकहरु ग्रीनकार्ड होल्डरदेखि बैंक ध्वस्त पार्ने व्यक्ति हुन् भनेर नेपाली वित्तीय बजारमा चिनिएका छन् ।
यति धेरै चर्चा भइसक्दा पनि नेपाल राष्ट्र वैंक र गभर्नर मौन छ । बैंकरहरुले केही कुमारी बैंक र जनता बैंकको चर्चा गरिरहेका छन् । बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनअनुसार आगमी असार मसान्तसम्ममा बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पु¥याउनै पर्नेछ । तर यी दुवै बकंै समस्यामा छन, यिनले मर्जमा ल्याउन खोजेका प्रयासहरु असफल भइरहेकाले पनि समस्यामा परेका हुन् । यही कारण पनि सञ्चालकहरुको भित्री कथाबारे नकारात्मक प्रचार भइरहेका छन् । ती प्रचारले बैंकका शेयरधनी, प्रमोटर र ग्राहकसमेत आश्चर्यमा छन् ।
अहिले पत्रपत्रिकामा खबर आइरहेका छन्– बैंकका पूर्व सिइओ उदयकृष्ण उपाध्याय केटी काण्डमा फसेपछि बैंकको बदनामी सुरु भएको हो । ठूलो डिपोजिटकर्ता आतिएर बैंक तरलता संकटमै फस्यो । यति हुँदा हुँदै पनि पनि एनसीसी बैंकसँग मर्जरको नाटक भयो । तर त्यो नाटक पनि धेरै दिन चल्न सकेन । केही महिना पछि टुट्यो र अहिले फेरी काष्ठमण्डप डेभलपमेन्ट बकंैलगायत केही साना बैंकसँग मर्जर गर्न सहमति भएको छ । यद्यपि मर्जर हुन्छ भन्न सकिन्न । मर्जर असफलतामा सञ्चालकहरुको स्वार्थ बाझिनु पनि एक कारण हो भनिन्छ । यति नै बेला डिडिए समेत पूरा भएको छ । तर यो पास गर्न विशेष साधारणसभा बोलाउनु पर्ने बाध्यता कुमारी बैंकको छ ।
त्यस सभाबाट मर्जर फेल भए के हुन्छ ? सञ्चालकहरुको असक्षमताले कुमारी बैंकको आगामी असारसम्ममा हालत कमजोर हुने वातावरण बन्दै गएको छ । कुमारी बैंकले सिइओसम्म नियुक्त गर्न सकेन । त्यो पनि २ वर्ष भइसक्यो । कुमारी बैंकलाई राष्ट्र बैंकले ३ महिनामा सिइओ पदपूर्ति गर्ने निर्देशन दिएको थियो त्यो निर्देशन बकंैले पूरा गर्न सकेन । कुमारी बैंकको बोर्ड यति असक्षम हुँदा पनि कामु सिइओले बैंक चलाइरहेका छन् ।
अचम्म ! यो बैंकको एक सञ्चालक नरेश दुगड तेलकाण्डमा फसेपछि भारतमा छन्, उनीमाथि राष्ट्र बैंकले कुनै कारवाही गरेको छैन । अर्का सञ्चालक पुनाराम भण्डारी अस्ट्रेलियाका ग्रनीकार्ड होल्डर हुन । यसबारे स्पष्टिकरणसम्म सोधिएको छैन ।
बैंकका अध्यक्ष छन् सन्तोषकुमार लामा, उनी कार्गो व्यवसायी हुन् । उनी सोझा र सिधा व्यक्ति हुन । सञ्चालक डा. सोमाकान्त ढकाल एमाले नेता हुन तर उनको नाम घर जग्गा व्यवसायी र भाटभटेनीका मालिक मीनबहादुर गुरुङका १५ प्रतिशतका पार्टनर भनेर आउँछ । उत्तमप्रसाद भट्टराई अर्का कार्गो व्यवसायी हनु भने विनोद दवाडी इन्जिनियर हुन् । डा.शोभाकान्त अर्यालले जता भन्यो, त्यतै सही गरेर बोर्ड मेम्बर बनेका छन् । डा.शोभाकान्त डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी हुन्जेल धन्दा मान्नु पर्दैन भनेर गुड्डी हाँक्छन् ।