७ बैशाख २०८१, शुक्रबार
Follow Us

दलीत संघमा पुनः शान्ति

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७३, आईतवार १३:३८

चितवन । नेपाल दलित संघ चितवनको अध्यक्षमा शान्ति परियार पुनः निर्वाचित हुनुभएको छ । संघको हिजो शनिवार भरतपुरमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट परियार निर्विरोध निर्वाचित हुनुभएको हो । ५ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल दलित संघका केन्द्रिय संस्थापक अध्यक्ष एवम् सांसद मानबहादुर विश्वकर्माले एमालेको राष्ट्रवाद देशको लागि खतरनाक भएको बताउनुभयो । उहाँले एमालेले राष्ट्रवादको नाममा तराई र पहाडका बिचमा विखन्डन आएको आरोप लगाउनुभयो ।
यसैगरी दलितसंघकी केन्द्रिय महिला उपाध्यक्ष एवम् सांसद विष्णुमाया परियारले । दलितका मुद्धाहरुलाई कांग्रेसले अगाडी बढाएको भन्दैं दलित भित्रका महिलालाई पनि स्थान दिने गरेको बताउनुभयो । सो अवसरमा सांसद अञ्जनी श्रेष्ठले पछिल्लो समयमा दलीत महिलामा पनि जागरण आएको बताउनु भयो ।
कार्यक्रममा दलीत संघका केन्द्रिय उपाध्यक्ष एवम् निर्वाचन केन्द्रिय प्रतिनिधि कृष्णबहादुर वि.के, कांग्रेस महासमिति सदस्य एवम् दलित संघ केन्द्रिय सदस्य रुपा वि.के, संघ पुर्व जिल्ला अध्यक्ष मिन विश्वकर्मा ,काग्रेस महासमिति सदस्य प्रकाश अधिकारी, कांग्रेस जिल्ला सदस्य प्रल्हाद सापकोटा, महिला संघ जिल्ला सचिव लक्ष्मी लामिछाने, सानुलाल विक लगायतकाले बोल्नुभएको थियो । यसैगरि निर्वाचनमा सचिवमा राजाराम परियार सहित १६ सदस्य र ७ महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ निर्वाचन अधिकृत वावुहरी आर्चायले जानकारी दिनु भयो ।उपाध्यक्ष , कोषाध्यक्ष लगायत अन्य सदस्य पछि चयन गरिनेघ दलीत संघ अध्यक्ष शान्ति परीयारले बताउनु भयो ।
– सिर्जना अर्याल