१२ बैशाख २०८१, बुधबार
Follow Us

गुट उपगुट छाडेर निर्वाचनमा जुट्न महामन्त्रीको निर्देशन

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७३, आईतवार १४:२८

दाङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस, दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले निर्वाचनको मिति घोषणा भइसकेकाले गुट, उपगुट छाडेर गाउँगाउँमा खट्न निर्देशन दिनुभयो ।
आगामी मङ्सिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि समृद्ध नेपालको योजना बनाई देशलाई विकासतर्फ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । यसैबीच, महामन्त्री कोइरालाले पद्मोदय पब्लिक माध्यमिक विद्यालयमा खानेपानीका लागि स्थापना गरिने भूमिगत पानी तान्ने डिप बोरिङको पनि शिलान्यास गर्नुभएको छ । सो विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी रहेका बताइएको छ ।