१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चौतारीले उम्मेदवार तोक्यो, अध्यक्षमा विडारी, उपाध्यक्षमा पोखरेल

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७३, आईतवार १८:३५

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका लागि पे्रस चौतारीले उम्मेदवार घोषणा गरेको छ । अध्यक्षमा शान्तराम विडारी र उपाध्यक्षमा सीता पोखरेललाई घोषणा गरेको हो । महासंघमा विडारी नयाँ हुन् भने पोखरेल वर्तमान कार्यसमितिको कोषाध्यक्ष हुन् ।
बिडारीलाई अध्यक्ष र सीता पोखरेललाई उपाध्यक्षमा उठाउने निर्णय गरेकोे प्रेस चौतारी काठमाडौं जिल्ला अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए । चैत १ गते हुने १० औं अधिवेशनका लागि चौतारीले आइतबार अध्यक्ष र उपाध्यक्षको निर्णय गरेको हो । बाँकी उम्मेदवारको चयन छिट्टै हुने काठमाडौं अध्यक्ष केसीले जानकारी दिए ।
आगामी कार्यकालको नेतृत्वको लागि दामन पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक शन्ताराम बिडारीले उम्मेद्वारी दिने भएका छन् । यसैगरी बैठकले उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सीता पोखरेललाई अघि सारेको छ । पोखरेल माउण्टेन टेलिभिजनमा आर्थिक ब्यूरो प्रमुखको रुपमा कार्यरत छिन् ।
अध्यक्ष र उपाध्यक्षपद बाहेकका अन्य पदहरु भने चौतारीले अन्य संगठनसँगको छलफलपछि मात्र टुंग्याउने भएको छ । बैठकले महासंघलाई साझा संस्थाको रुपमा सहमतिका साथ अघि बढाउन सबै संघ संगठनसंग वार्ता तथा छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । चौतारीको उमेद्वारी घोषणालगत्तै प्रेस यूनियन र प्रेस सेन्टरलगायतका संगठनहरु पनि उमेद्वारी तोक्ने गृहकार्यमा जुटेका छन् । पत्रकार महासंघको छाता संगठनमध्ये सबै भन्दा ठूलो शाखाको रुपमा पत्रकार महासंघ काठमाडौं रहेको छ । शाखामा हालसम्म एक हजार भन्दा बढी सदस्यता संलग्न रहेका छन् ।