१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायत काँग्रेसको एकता अधिवेसन जुलाईमा

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७३, सोमबार ००:४२

लण्डन । बेलायतस्थित नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेसन अगामि जुलाई महिनामा हुने भएको छ ।
आइतवार लण्डनस्थित हिमालय क्लवमा सम्पन्न एक भेलाले जुलाईमा एकता अधिवेसनको मिति तोक्दै लामो समयदेखि थाँती रहेको विवादलाई विवाद टुंगिएको नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहार विश्वआर्दश पण्डितले जनाकारी दिए ।

भेलामा बेलायतस्थित जनसम्पर्क समितिको बिभिन्न गुठ तथा उपगुठका नेता तथा कार्यकताहरुको उपस्थिती थियो । भेलाले अधिवेसन सम्पन्न गर्नका लागि लोक गुरुङको संयोजकत्वमा विनोद मोक्तान, विज्ञान प्रसाई र चेतनाथ खनाल सदस्य रहेको आयोजक समिति गठन गरेको छ । यसअघि खनालले आफ्नै नेतृत्वको छुट्टै जनसम्पर्क समितिको मोर्चा बनाएका थिए ।

समितिको सन् २००९ मा सम्पन्न अधिवेसन प्रकृयालाई लिएर असहमति जनाउदै विज्ञान प्रसाई समूहले सभापति लोक गुरुङको विरुद्धमा गतिविधी संचालन गर्दै आएका थिए । पण्डितका अनुसार नवगठित समितिलाई निर्वाचन, प्रकृयाका लागि अवश्यक उपसमितिको गठन लगायतको अधिकार समेत भेलाले प्रत्योजन गरेको छ ।

यसअघि नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको उपस्थितिमा विवाद मिलाउन विभिन्न प्रयास भएपनि सफल हुन सकेको थिएन । आइतवारको भेलाको निर्णयले बेलायतस्थित नेपाली कांग्रेसको पटकपटक हुदैं आएको विवाद पूर्णरुपमा अन्त्य हुने अपेक्षा गरिएको छ ।
2