यी हुन बेलायतका चर्चित १० नेपाली

  ३ श्रावण २०७३, सोमबार ०८:२५ मा प्रकाशित

लन्डन । नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवको बिशेष कार्यक्रमका बीच लन्डनमा सम्पन्न भयो । आइतवार लन्डनस्थित ब्लुअर्किट रेष्टुरेन्टमा आयोजित कार्यक्रमको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र गैरआवासीय नेपाल सँघका प्रमुख संरक्षक जीवा लामिछानेले सँयुक्त रुपमा उद्धघाटन गरे । कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बेलायतस्थित बिभिन्न युनिर्भरसिटीमा कार्यरक विज्ञहरुले नेपालको पूननिर्माणका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रमलाई पुनर्निर्माण प्राधिकरण प्रमुख सुशील ज्ञवालीले सम्बोधन गरे । उनले नेपालको भूकम्पपछिको सम्भवना र चुनौति बिषयक कार्यशालामा नेपालको पछिल्लो अवस्थाबारेमा आफ्ना धारणा राखेका थिए । ज्ञवालीले नेपालको पछिल्लो अवस्थाको जानकारी भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका हुन् ।

अध्यक्ष चिनरन्जीबी ढकालको अध्यक्षता जारी कार्यक्रममा एनआरएन संस्थापक नेता रामप्रताप थापा, एनआरएन उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, युरोप संयोजक कुल आचार्य, पत्रकार सुमन खरेल, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ लगायतले मन्तब्य दिए । दुई चरणमा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा बेलायतस्थित बिभिन्न सामाजिक क्षेत्रमा सकृय ब्यक्तित्वहरुलाई मिडिया प्रसनालिटी अफ दी यरको उपाधिले सम्मान गरियो । यो बर्ष सम्मानित हुनेहरुमा गौरिका सिंह, चन्द्र बहादुर गुरुङ, रामचन्द्र गुरुङ, नारायण कंडेल, पशुपति भण्डारी, दिलिप कुमार गुरुङ, राजु आचार्य, सुस्मा राई, सुरेन्द्र श्रेष्ठ, संगीता मरहठ्टा छन् ।
समारोहमा बेलायतस्थित विभिन्न विश्वविद्यालयमा कार्यरत अध्यापन गर्ने विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरे ।
नेपाली हाइली स्किल प्रोफेशनल सोसाइटी ९सिएनएस०को सहकार्यमा हुने सो कार्यशाला गोष्ठमा भूकम्पपछि नेपालको शिक्षा क्षेत्रमा परेको प्रभावबारे डा। तेजेन्द्र फेरारीले आफ्नो कार्यपत्र पेश गरे । उनको कार्यपत्रमाथि हरिस ज्ञवालीले टिप्पणी गरे । सो कार्यपत्रमा इन्जिनियर श्याम थापा, रामकृष्ण सिटौलाले आआफ्नो धारणा राखेका थिए ।
यस्तै रिकन्ट्रक्सन अफ ड्यामेज स्टक्चरसम्बन्धी कार्यपत्र लेखनाथ खरेल र रामकृष्ण अधिकारीले प्रस्तुत गरे । भूकम्पपछि नेपालको स्वथ्य क्षेत्रको प्रभावका सम्बन्धमा डा एन्जल मगरको कार्यपत्रमाथि डा कपिल रिजालले आफ्नो धारण राखे । सोही कार्यशालामा कम्प्लेश अफ इन्टरनेश्नल एण्ड च्यारिटेवल एड टु सपोट रिबिल्डिङसम्बन्धी कार्यपत्र डा। कृष्ण उपाध्याय र डा कृष्ण अधिकारीले प्रस्तुत गरे । सो कार्यपत्रमाथि गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले आफ्नो धारण राख्नेका थिए । कार्यपत्रमा माथिको छलफलमा डमर घले, खगेन्द्र नेपाली, विश्वआर्दश पण्डित, हरिस ज्ञावली, नारायण कँडेल, चन्द्र बहादुर गुरुङ लगायतले भाग लिए ।

यी हुन सम्मानित चर्चित १० ब्यक्तित्वहरु
१. गौरिका सिंह
gaurika_singh
१३ बर्षीय स्विमर गौरिका सिंहले १२ औं दक्षिण एसियाली खेलकुदमा सनसनीपूर्ण प्रदर्शन गरिन् । बेलायतको लिभरपुलमा बसोबास गर्ने सिंहले “ सय मिटर इन्डिभिज्युअल मिड्लेमा राष्ट्रिय कीर्तिमान सहित रजत पदक जितेकी थिएन् । ब्यक्तिगत प्रपतिसपधामा नेपालले जितेको यो सबभन्दा ठूलो पदक थियो । सागमा सहभागी नेपाली कान्छी खेलाडी उनले दुई मिटर इन्डिभिज्युअल मिड्लेमा दुई मिनेट ६ सेकेन्डका साथ रजत जितेकी हुन् । उनले २५ सेकेन्डले आफ्नै कीर्तिमान सुधार गर्दै उपाधी जितिन् । गौरीकाले ४ सय मिटर फ्रिस्टाइल र १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान सहितको कांस्य पदक जितिन् । १२ औ सागमा २ सय मिटर ब्याकस्ट्रोकमा उनले हात पारेको कांस्य अन्तराष्ट्रिय पौडिमा नेपालको ऐतिहासिक पहिलो पदक थियो । गैरआवासीय नेपालीहरुको प्रतिनिधीत्व गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाललाई उच्च स्तरको पदक जित्ने उनी पहिलो गैरआवासीय नेपाली हुन् ।

२. लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ
Chandra_bahadur_gurung
बेलायती सेनामा रहेदेखि नै नेपाल र नेपाली समाजमा समर्पित एउटा सहयोगी नाम हो– ले. चन्द्रबहादुर गुरुङ । पर्वत खाल्टेमा जन्मेर बेलायती सेनाको उच्च तहमा पुगेका गुरुङ झन्डै दर्जन बढी संघ संस्थामा आबद्ध रहेर समाजसेवीको परिचय बनाउन सफल छन् । पर्वत जिल्लाका सर्वसाधारण जनताको गरिबी निवारण, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धनमा उनले देखाएको चासो प्रशंसायोग्य छ । विशेष गरी टेलिमेडिसिनमा उनले खेलेको भूमिका सम्मानयोग्य छ । गुरुङले सन् २०१० मा चारभञ्जाङ तमु समाज यूकेको कोषाध्यक्ष र पछि अध्यक्ष रहेर काम गरिसकेका छन् । त्यसैगरी चार भञ्जाङ क्षेत्र विकास समितिको प्रवन्ध निर्देशक भएर उनले धेरै काम गरेका छन् । विभिन्न संघसंस्थाका लागि उच्च तहमा सम्बन्ध विस्तारमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विशेषतः भूकम्प पीडितका लागि सहयोग जुटाउन उनले पु-याएको योगदान महत्वपूर्ण छ । उनी गोरखा र सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि सहयोग जुटाउन सक्रिय रुपमा लागिपरे । दर्जनौं संघसंस्थामा आबद्ध भएर उनले नेपाल र नेपाली समाजलाई पु-याएको योगदानको कदर गर्न लायक छ ।

३. रामचन्द्र गुरुङ (सूर्जे)
Ramchandra_gurung
कास्कीको ल्वाग घलेलमा २०१९ सालमा जन्मेका सुर्जे हाल तमुधि यूकेका अध्यक्ष सुर्जे नै (रामचन्द्र) गुरुङ हुन्। बेलायतदेखि नेपालसम्म विविध परोपकारी काम गरिसकेको तमुधि यूकेले गत वर्षको महाभूकम्पमा एक करोड एघार लाख रकम जुटाएर नेपाल पठाइसकेको छ । गुरुङले तमुधि यूकेको अध्यक्ष हुनु भनेर चिन्हाउनुभन्दा पनि पहिलेदेखि नै सामाजिक संघ संस्थाहरुमा अविछिन्न सेवा पु-याएर आफ्नै सामाजिक स्थान बनाएर सामाजिक अभियन्ता भनेर चिनिन्छन् । १९८४ मा बेलायत प्रवेश गरेका गुरुङले तत्कालीन साथीहरुसग मिलेर २००० मा तमुधि यूकेको स्थापना गरे । स्थापनाकालदेखि अविछिन्न तमुधिमा सेवा गरी तमु संस्कृतिको संरक्षण र सम्बद्र्धन र आपत विपतमा रहेकाहरुलाई सहयोग पु-याउँदै आएका छन । रसमुर नेपाली कम्युनिटी बेलायतमा ३ वर्ष अध्यक्षको जिम्मेवारी बहन गरेर नेपाली समुदायलाई गुन समेत लगाए।
तमुधि यूके जातीय संस्था भए पनि जातीय संकीर्णताको घेराबाट उठेर पोखरा रंगशालामा पर्खाल लगाएको यूकेमा पीडितलाई पुनर्वासको लागि एक करोडभन्दा बढी रकम गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघमार्फत् पठाए । तमुधीं यूकेको पहलमा एउटा गुरुङ गाउमा एउटा विद्यालय भवन निर्माण गर्न लागेका छन सूर्जे । बेलायतमा हरेका बर्ष आयोजना हुने गोर्खा कप फुटबलको यो बर्षको खेलमा अत्यधीक दर्शकको उपस्थित गराउन सफल भए । सबै जातजातिहरुको संस्कृति झल्किने -याली, झाकी र नृत्य प्रदर्शन गरिने नेपाली मेलाको समेत सफल नेतृत्व लिन उनी सफल भए । गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई तमु प्रतिष्ठान नेपालमार्फत् सहयोग गरिरहेक, तमुधि यूके र बेलायतको नेपाली समुदायमा विशेष योगदान पु-याउने गुरुङलाई सम्मान गर्ने परम्परा बसाले । सहारा यूके, रसमुर नेपाली कम्युनिटी यूकेमा आबद्ध उनी सामाजिक काम भनेपछि हुरुक्क हुन्छन् । मनले आँटे समय निकाल्न सकिने बताउँछन अध्यक्ष गुरुङ । पोखरामा हिउ पहिरो परी जिउ धनको नाश हुँदा संयोजक भएर पैसा उठाएर सहयोग गरेको, तमु प्रतिष्ठान पोखरामा गरिब तथा जेहेन्दार छात्रवृत्ति र पोखराको रामधार गुम्बामा ६ लाख सहयोग गरेका कारण चर्चामा आए ।
४. नारायण कडेल
narayan_Kandel

बाग्लुङ स्थायी घर भएका नारायण कँडेल क्वीन्स युनिर्भसिटी स्कुल अफ लबाट पिएचडी गर्दैछन् । फ्रिडम अफ एक्सपे्रसन अ कन्सल्टीङ अफ कन्फिल्ट मिडिया सेन्सरसीप इन नेपाल शीर्षकमा उनी पिएचडी गर्दैछन् ।
अध्ययनसगसगै बेलफास्टमा नेपाली स्ट्रिट फुटलाई परिचय दिलाउने श्रेय पनि कँडेललाई नै जान्छ । नेपाली समाजको लोकप्रिय खान मःमः, छोइला तथा नेपाली खाना दाल भात तरकारी अथवा दाल भात मासुलाई उनले उत्तरी आयरल्यान्डमा परिचित बनाउन उल्लेखनीय भूमिका निर्वाह गरे ।
उत्तरी आयरल्यान्डका नेपाली समुदायलाई पर्ने समस्याप्रति कडेल सहयोगी छन् । अध्यागमन सम्बन्धी धेरै नेपालीको समस्या उनले समाधान गर्न सहयोगी भूमिका निर्वाह गरिसकेका छन् । उनकै अगुवाइमा सन् २०१० मा बेलफास्टमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम आयोजना भयो ।
भूकम्प पीडितको सहयोगका लागि उत्तरी आयरल्यान्डमा बसेर कडेलले पु¥याएको सहयोग प्रशंसनीय छ । भूकम्प पीडितको सहयोगका लागि उनी सक्रिय रुपमा लागे । उत्तरी आयरल्यान्डबाट उनले भूकम्प राहत कोषमा २० हजार पाउन्ड जुटाउनमा मद्दत गरे ।
उत्तरी आयरल्यान्डबाट नेपाल र नेपालीका लागि कडेलले सहयोग मात्र जुटाएका छैनन्, पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय भएर लागेका छन् । सन् २०११ मा पहिलो पटक बेलफास्टमा कँडेलकै अगुवाइमा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरियो । बिहुनकोट जहा उनी जन्मे त्यस क्षेत्रको विकासका लागि स्थापना भएको बिहुनकोट सहयोग सञ्जालको कडेल सल्लाहकार छन् ।
आफूले अध्ययन गरेको स्कुल कार्लिममा सहपाठीसग मिलेर इलाइब्रेरी खोल्े कडेलले महत्वपूर्ण भूमिका खेले । बिहुनकोट समाज जापानका उनी संस्थापक सदस्य हुन् । ‘जन्मेको गाउ स्वर्ग बनाउ’ भन्ने मूल उद्देश्यले स्थापना भएको यो संस्थाका लागि दस लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । गाउमा लाइबे्ररी बनाउने, स्कुलको भौतिक र गुणस्तर सुधारका लागि कडेलले खेलेको भूमिका प्रशंसनीय छ ।
सचेतना अभिवृद्धि कडेलको अर्को विशेषता हो । भौतिक र सामाजिक रुपमा मात्र होइन, आम सञ्चारमाध्यममा लेख रचना प्रकाशित गरेर उनी बौद्धिक खुराक बाड्छन् । नेपालका दैनिक पत्रिकाहरुमा उनको लेख रचना प्रकाशित भइरहेका हुन्छन् । सुरुका दिनमा कडेलले पत्रकारितामा भविष्य खोजेका थिए । नेपालको पत्रकारिताको जग बलियो बनाउन नीति निर्माण तहमा उनले गरेको संघर्ष नेपाली पत्रकारिता जगत्ले संधैं सम्झिने छ । अहिले पनि उनी झन्डै आधा दर्जनभन्दा बढी पत्रकारिताको क्षेत्रमा क्रियाशील संघसंस्थामा आबद्ध छन् ।

५. पशुपति भण्डारी
Pashupati_bhandari

बेलायतमा नेपालीहरुमाझ अग्रणी उद्यमीको परिचय बनाएका छन् पशुपति भन्डारीले । बेलायतमै एमबीएको अध्ययनपछि उनी व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । विशेषतः रेस्टुरेन्ट व्यवसायमा उनी दख्खल राख्छन् । बेलायतको बहुउद्देश्यीय ‘एभरेष्ट इन’ समूहका अध्यक्ष पशुपति भण्डारी सफल व्यवसायी होइनन, अग्रणी समाजसेवी पनि हुन् । सन् १९९१ मा बेलायत प्रवेशसगै उनी सामाजिक संगठनमा आबद्ध भएर व्यवसाय र समाजसेवालाई एकैसाथ उनले अघि बढाए । उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का सल्लाहकारलगायत झन्डै आधा दर्जन बढी बेलायत र नेपालको परोपकारी संघ संस्थामा आबद्ध छन् । जिमी मिजान फाउन्डेसन यूके, माइती नेपाल, हेल्प नेपाल नेटवर्क तथा शेर्पा फाउन्डेसनमा उनी आबद्ध छन् ।
उनी रेस्टुरेन्ट व्यवसायमात्र होइन, अतिथि सत्कार, पर्यटन र हाइड्रो व्यवसायमा पनि त्यत्तिकै सक्रिय छन् । बेलायतमा बसोबास गरे पनि नेपाल र नेपाली समाजप्रति आफूलाई बराबर जिम्मेवार ठान्छन् । बेलायतमा नेपाली समुदायले आयोजना गर्ने खेलकुदलगायत विभिन्न कार्यक्रमलाई सहयोग गरिरहेका हुन्छन् । पछिल्लो समय नेपाल र बेलायतको सम्बन्ध थप मजबुत बनाउनुपर्छ भन्ने उनको अवधारणा हो । व्यवसायको माध्यमबाट दुई देशको सम्बन्ध बलियो बनाउन सकिन्छ भनेर उनी लागिपरेका छन् ।
अहिले पनि उनी नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा निरन्तर लागि रहेका छन् । नेपाल पर्यटन बोर्डबाट बेलायतका लागि जनसम्पर्क प्रतिनिधिमा नियुक्त भएपछि उनले योजनाबद्धरुपमा बेलायतबाट अरु बढी संख्यामा पर्यटक नेपाल भित्र्याउने पहल थालेका छन्। मिलनसार र मृदुभाषी भण्डारी नेपाल र नेपालीको उत्थान र विकासकालागि खटिरहने एक उद्यमीका रुपमा पनि सुपरिचित छन्।

६. दिलिपकुमार गुरुङ
Dilp_grg
१९ वर्ष बेलायती सैनिक जीवनमा नै दिलिपकुमार गुरुङको समाजसेवी छवि नेपाली समाजमा सार्वजनिक भइसकेको थियो । सैनिक जीवनमै उनले झण्डै दर्जन देशमा आफ्नो कुशलतासँगै उम्दा छवीलाई नेपाली समाजमाझ परिचित गराइसकेका थिए ।
विशेषतः उनी फुटबल खेलसँग जोडिन्छन् । उनको लगाव पनि खेलमार्फत् स्वास्य नागरिक उत्पादन गरी स्वास्थ्य समाजको निर्माण गर्नु हो भन्ने कुरा उनका गतिविधिले प्रष्ट पारेको छ । खेलप्रति उनको समर्पित भावनालाई सन् २००९ मा साहारा यूके, सहारा क्लब पोखरा, सन् २०१३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र २०१५ मा थ्रीस्टार क्लब ललितपुरले सम्मान गरिसकेका छन् ।
सन् २००३ मा जागीरबाट अवकास पाएपछि नेपाली समाजमा उनको सक्रियता बढेको देख्न पाइन्छ । उनी ग्रेटर रसमुर नेपाली समाजका संस्थापक महासचिव हुन् । त्यसै गरी ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको संस्थापक सचिव र तमुधि यूके कार्यसमिति सदस्य सन् २००८ मा भइसकेका थिए । त्यही समयमा उनी कोल्मा बाहाकोट समाज यूकेका संस्थापक अध्यक्ष भइसकेका थिए ।। त्यही संस्थाको हाल उनी अध्यक्ष छन् । सन् २००८ मा उनी साहारा यूकेको कोषाध्यक्ष भए । दुई पटक उनी तमुधि यूकेको कोषाध्यक्ष भएका छन् । अहिले पनि उनको हातमा आधा दर्जन संस्थाको नेतृत्व छ । सहारा क्लब पोखराको सल्लाहकार, सहारा क्लब यूकेका अध्यक्ष र एनआरएन यूके पोखरेली मञ्चको सल्लाहकार छन् ।
ब्लाकपुलमा रहेको गोर्खा होटल रेस्टुरेन्ट एन्ड बारको प्रबन्ध निर्देशक दिलिप बेलायतमा रहेका धेरै सहयोगी मन भएका नेपालीमध्ये एक हुन् । २ करोड ५० लाखमा निर्माण हुदै गरेको सहारा एकेडेमी, ३५ लाख रुपैयँमा पुननिर्माण हँदै गरेको गणेश प्राथमिक स्कुल गोर्खा, २१ लाख रुपैयँमा पुननिर्माण हुँदै गरेको सिन्धुपाल्चोकको श्री हाइबुङ माधवस्थान प्राथमिक स्कुल, स्याङ्जाको मादकिना गाउमा निर्माण भएको सांस्कृतिक संग्रहालय तथा भर्खरै निर्माण सम्पन्न भएको स्याङ्जा अरास्थेको स्वास्थ्य केन्द्र र पोखरा रंगशालाको स्तरवृद्धिमा दिलिपको सहयोग नेपाली समाजका लागि सम्मान गर्न लायक छन् ।
७. राजु आचार्य
raju_acharya
लन्डनबाट दुई सय ८० माइल (पाचसय किमी) टाढा अवस्थित चर्चित पर्यटकीय शहर कोर्नवाल बस्ने राजु आचार्य समाजसेवी र रेष्टुरेन्ट व्यवसायी हुन् । १२ वर्ष जर्मनी बसेर एक दशकअघि कोर्नवाल आएदेखि आचार्य स्थानीयको समेत सहयोगमा सामाजिक गतिविधिमा सक्रिय छन् ।
चिल्ड्रेन हस्पिस साउथवेष्ट, क्यान्सर रिसर्च यूके, वाटर एड यूके र डिस्एबल्ड च्यारिटीलाई नियमित आर्थिक सहयोग गरिरहेका छन् उनले । हेल्प नेपाल नेटवर्कका आजीवन सदस्य उनी त्यो संस्थालाई तीन वर्ष यता वर्षेनी लाख रुपैयाँ दिन्छन् ।
बेलायतमा वर्षको ६ पटक च्यारिटी गर्ने आचार्य नेपालीले गर्ने हरेक च्यारिटीमा पुगेर धेरथोर सहयोग गरेकै हुन्छन् । गत वर्ष बेलायतबाट आफ्नै खर्चमा दन्त चिकित्सकको टोली पठाएर आचार्यले चितवनमा निः शुल्क दन्त शिविर समेत सञ्चालन गरेका थिए । उनले वर्षेनी ब्रिटिश पर्यटकको दुई तीन समूह नेपाल पठाएर पर्यटन प्रवद्र्धन गरिरहेका छन् ।
चितवन भण्डारा–८ का स्थायी वासिन्दा उनले विशेषगरी चितवनका स्कुल, हेल्थ पोष्ट र एम्बुलेन्स्मा पटक–पटक सहयोग गरेका छन् । उनकै सकृयतामा आफैले अध्ययन गरेको स्कुल क्षेत्रमा एम्बुलेन्स सँचालन गरेका छन् । दृष्टिविहीन, अपांग, चेपाङ, भूकम्प पीडितका लागि उनले उल्लेख्य सहयोग गरेका छन् । सन २०१२ मा बेलायतको लोकप्रिय अखबार दि इन्डिपेन्डेन्टले ‘टप ५०’ करिज हाउसमध्ये काठमाडौं प्यालेस ‘टप १६’ मा छानेपछि त आचार्यलाई नचिन्ने कमै भए ।
खासै नचलेको बंगालीको एउटा रेष्टुरेन्ट किनेर कर्निसमा व्यवसाय सुरु गरेका हुन् । उनले चिल्लो, पिरोरहित खाना र न्यानो आतिथ्यता पस्केर चाडै नै कर्निसवासीको मन जिते । वेष्ट करी र हस्पिटालिटीका लागि सन् २००८ मा कोर्नवाल सोसियल ग्रुपले गोल्ड अवार्ड प्रदान गरेपछि उनको ‘फेमिली रन’ विजनेशमा ‘सुनमा सुगन्ध’ थपियो ।
८. सुष्मा राई
susma_raj
नेपालको पूर्वी क्षेत्र तेह्रथुममा जन्मेर बेलायतमा भविष्य कोरिरहेकी सुष्मा राई रामप्रसाद राई फाउण्डेशनकी अध्यक्ष हुन् । हाल बेलायतको अल्डरसटमा बसोबास गर्ने राई संस्थागत रुपमा एनआरएन र नेपालमा पनि रामप्रसाद राई फाउण्डेशन नेपालमार्फत् समाजसेवाको क्षेत्रमा क्रियाशील छन् । रामप्रसाद राई नेपालका प्रजातन्त्र सेनानी हुन् । २००७ सालका प्रजातान्त्रिक योद्धाका रुपमा रामप्रसाद राईलाई स्मरण गरिन्छ । उनै रामप्रसाद राईकी नातिनी हुन् सुष्मा राई ।
विगत सात वर्षदेखि समाजसेवामा बिताएकी सुष्मा राई गत वर्ष नेपालमा गएको भूकम्पमा पनि प्रभावित क्षेत्रमा उद्दारका लागि सक्रियरुपमा लाग्नुभएको थियो । उनले काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, गोर्खा, नुवाकोट, पर्वत र दाङमा उनले सहयोग गर्दै आएकी छन्।
उनले विशेष गरी शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर सामाजिक गतिविधि अगाडि बढाएकी छन् । उनले कमला निमावि विद्यालय मूलपानी, मुर्चोक धादिङमा पुनर्निर्माणको लागि १ लाख रुपैयाँ, जनता प्रावि कालिचौर सैघा दाङमा अक्षयकोष स्थापना गर्न ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । उक्त अक्षयकोष ५ बर्षमा ५ लाख रुपैयाँ पु¥याउने लक्ष्य राख्नुभएको छ । पर्वत सरौंखोलको बिनु माध्यमिक विद्यालयमा एक लाख एक हजार एक सय एकको रुपैयाको रामप्रसाद राई स्मृति अक्षय कोषको स्थापना गर्नुभएको छ । पवर्तकै सरौंखोलाको कल्याणकारी आमा समूहलाई सामाजिक जागरणका र पानी र मन्दिर निर्माणका लागि एक लाख रुपैया र पवर्तको फलेवासको बहुमुखी क्याम्पसलाई २५ हजार रुपैया प्रदान गरेकी छन् ।
उनले दाङ, बर्दिया र सुर्खेतका बाढीपिडितलाई सहयोग गरेकी थिइन् भने बाकी जिल्लामा भूकम्पवाट प्रभावितलाई करिव ४० लाख बराबरको सहयोग जुटाएर वितरण गरेकी थिइन् । उनले व्यक्तिगत रुपमा बाढीपीडित र भूकम्प पीडितका लागि देश विदेशमा रहेका साथीहरुसग समन्वय गरी सहयोग संकलन गरेकी थिइन् । दाङका ३ जना बच्चालाई आफ्नै संरक्षणमा राखेकी उनले सोही जिल्लाका सय जना विद्यार्थीका लागि बर्षको एक पटक शैक्षिक सामग्री, स्कुल ड्रेस, स्कुल जुत्ता, स्कुल ब्याग, न्यानो कपडा उपलब्ध गराउदै आएकी छन्। उनले निकट भविष्यमै रामप्रसाद राई फाउण्डेशनको संरक्षकत्वमा करिव १०० को संख्यामा अनाथ बालबालिकाको शिक्षादिक्षाको योजना पनि बनाएकी छन् ।
९. सुरेन्द्र श्रेष्ठ
surendra_shrestha
वि. सं. २०२४ सालमा सिन्धुपाल्चोकको स्याउलेमा जन्मेका सुरेन्द्र श्रेष्ठ विगत १५ वर्ष देखी बेलायतमा सामाजिक तथा ब्यवसायमा संलग्न छन् ।
उनी गैरआवासीय नेपाली संघ यूकेको पहिलो निर्वाचित कार्यसमितिमा उपसंयोजक, सल्लाहकार र २०१३–१५मा केन्द्रीय सदस्य हुदै हाल हजारे अभियानका सल्लाहकार तथा नागरिकता निरन्तरता कार्यसमितिको सदस्यका रुपमा कार्यरत छन् । नागरिकता निरन्तरतासम्बन्धी उल्लेख्य लेखहरु लेखेका श्रेष्ठले नया सविधान आएपछि वर्तमान नागरिकता ऐनको दफा (१०) सविधानको भावना बिपरित भएको हुँदा खारेजी होस् र एकपटकको नेपाली सधैको नेपाली होस् भनी सर्वोच्च अदालतमा गत अक्टोबरमा रिट निबेदन दर्ता गराए पछि एकाएक चर्चामा आए । केही चरणको बहससहित यो रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
केही समय लुम्बिनी कपिलबस्तु अभियानका युके संयोजकसमेत रहेका श्रेष्ठले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको प्रतिमा स्थापना गर्न प्रमुख भूमिका निर्बाह गरेका थिए । बीसीसी युकेद्वारा स्थापित बौद्ध गुम्बाको ट्रस्टीसमेत रहेका सुरेन्द्र श्रेष्ठले दिलशोभा श्रेष्ठको ‘आमाको घर’, पुष्पा मामु तथा इन्दिरा गुरुङको बाल गृहलाईसमेत सहयोग गरेका छन् । चन्दा वा सहयोगले मात्रै समाज परिवर्तन हुन् सक्दैन भन्ने श्रेष्ठले चौतारा नजिकै गैरीगाउमा महिला समुह निर्माण गरी ‘जनकल्याण’ अभियानमार्फत् कृषि उत्पादन सुरु गरेका थिए । करिब दुइ बर्ष सञ्चालित उक्त अभियानको कृषि उत्पादनले स्थानीय रुपमा तरकारी, माछा र दुधको माग पूरा गरेको थियो । सो स्कुलमा १५ जना बालबालिकालाई बिहानदेखि बेलुकीसम्म स्याहार सुसार गर्न, आफू हुर्केको घरमा छोरीको नाममा ‘गुद्दिज’ नर्सरी सञ्चालन गरेका थिए ।
करिब दुइ बर्षदेखि लक्ष्मी प्रतिष्ठानको युरोप संयोजकका रुपमा चेपाङबस्तीको रुपान्तरण अभियानमा लागेका श्रेष्ठले नयाँ घर बनाउने, छात्राबास बनाउने, बालबालिकालाई स्पोन्सोर गर्ने, सामूहिक दशैं मनाउने, आजीवन सदस्य बनाउने आदि कामको लागि यूकेबाट मात्रै करिब २० लाख उठाउन सफल भए ।
आफ्नै रेस्टुरेन्टमा एक शुक्रबारको सबै आम्दानी र केही सहयोगसहित संकलित करिब ६ लाख रुपैयाबाट लक्ष्मी प्रतिष्ठानमार्फत् भूकम्प पीडित बालबालिकालाई पौष्टिक लिटो र झुल बितरण गरिएको थियो । स्लाउ नेपाली समाजको आह्वानमा स्थानीय रुपमा संकलित करिब २०० स्लिपिङ ब्याग, कम्बल र टेन्ट पनि लक्ष्मी प्रतिष्ठानमार्फत् वितरण गरिएको थियो । विदेशमा बसेर सामुहिक रुपमा केही गर्न सकियो भने ठूलो काम पनि सजिलै गर्न सकिन्छ भन्ने उद्देश्यले सय जना सदस्यबाट महिनाको १०० पाउन्ड जम्मा गर्दै संकलित भएको पैसाले ‘साझा इन्भेस्टमेन्ट लिमिटेड’मार्फत घर किनबेच गर्दै आएको छ । रेस्टुरेन्ट व्यवसायीहरुको संगठन नेप्लिज क्यट्रिङ्ग एसोसिएसनका उपाध्यक्ष रहेका श्रेष्ठ बेलायतमा बसोबास गर्ने नेपाली कानून ब्यवसायीहरुको संगठन निर्माण गर्न सक्रिय भएर लागेका थिए ।
व्यबसायिक र सामाजिक रुपमा सक्रिय रहेका श्रेष्ठ हालै पुनर्गठन भएको माओबादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् । विश्वभर बसोबास गर्ने नेपाली युवा युवतीहरुलाई केही समयका लागि स्वयम्सेवीको रुपमा नेपाल पठाउन पर्ने, देशको लागि केही गर्छु भन्नेहरु पूर्ण योजनासहित कम्तीमा २ बर्षको लागि नेपाल बस्नु पर्ने, विदेशबाट सिप सिकेर गएका नेपालीको बलियो सञ्जाल ‘बिदेशबाट फर्केका नेपालीहरु’ स्थापना गर्नुपर्ने आवाज उठाउने श्रेष्ठ विदेशमा बस्ने नेपालीहरुको प्रतिनिधि विदेशबाटै चुनिएर नेपालको सदनमा जानुपर्ने मत राख्दछन् ।

१०. संगीता मरहठ्ठा
sangita_Marahatta
डेढ दशकदेखि लन्डनमा बस्दै आएकी संगीता मरहठ्ठा गैरआवासीय नेपाली संघ (एनआरएन) की आईसीसी सदस्य हुन् । एनआरएन अभियानमा सकृय रहेकी मरहठ्ठा साहित्य, पत्रकारिता र समाजसेवामा पनि अब्बल मानिन्छिन् । आफ्नो जिम्मेवारीलाई सृजनशीलरुपमा पूरा गर्दै आएकी मरहठ्ठा एनआरएनएको केन्द्रीय मिडिया तथा कम्युनिकेशन टास्कफोर्सको सहअध्यक्षमा मनोनित भएकी छिन् । मरहठ्ठाको एनआरएनएका गतिविधिहरुलाई मिडियामा ल्याउनमा ठूलो योगदान रहँदै आएको छ । मरहठ्ठाले एनआरएन अभियानलाई अन्तर्रा्ष्ट्रियरुपमा सार्वजनिकिकरण गर्न ठूलो योगदान गरेकी छन् ।
एनआरएनए युकेको इतिहासमा प्रथम पटक महिला दिवस मनाउने र च्यारिटीबाट हजारौं पाउन्ड रकम उठाएर सो रकमबाट पिछडिएका चेलीहरुको शिक्षामा खर्च गर्ने कामको सरुवात मरहठ्ठा ले आफु महिला संयोजक भएका समयमा गरेकी हुन् ।
आफु सचिव हुँदा फेरि पनि उनले अर्को नयाँ कार्यको थालनी गरिन्, एनआरएनए युकेको प्रथम न्युजलेटर उनकै संयोजकत्वमा प्रकाशित भएको थियो । एनआरएनए युके र महिलाहरुको प्रतिनिधित्व गर्दै मरहठ्ठाले एनआरएनएका विश्वका विभिन्न देशमा भएका सम्मेलनहरुमा एनआरएनए युकेको उपस्थितिलाई बलियो बनाउँदै आएकी छन् ।
नेपाल पत्रकार महासंघ, रोयल ग्रिनीच नेपलिज सोसाइटी, गोर्खाली समाज युके, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज आदिजस्ता कैयन् संस्थाहरुमार्फत रकम डोनेशन गरी उनले बेलायतबासी नेपालीहरुमाझ आफुलाई एक सक्रिय समाजसेवीका रुपमा स्थापित गराएकी छन् ।

प्रतिक्रिया