८ बैशाख २०८१, शनिबार
Follow Us

आज ग्याल्पो ल्होसार मनाउँदै

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७३, सोमबार ०९:०४

काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्पो ल्होसार नयाँ वर्षका रुपमा विविध कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लाग्नेछ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होसारका अवसरमा शेर्पा समुदायले बिभिन्न कार्यक्रम गर्दैछन् । काठमाडौंको बौद्धदेखि टुंडिखेलसम्म शुभकामना -याली हुँदैछ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्दैछ । ल्होसारकोे अबसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अबसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवि भण्डारीले पर्वले नेपालीबीच बन्धुत्व र पारस्परिक सद्रुभाव कायम राख्न मद्दत पु-याउने विश्वास ब्यक्त गरेकी छिन् । उनले विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, सुसंस्कृत र समृद्ध रहेको बताएकी छिन् । सन्देशमा उनले पर्वले सबै नेपालीमा नयाँ उमंग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई सबै नेपालीबीचको एकता, सद्रुभाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस भन्ने कामना पनि गरेकी छिन् ।