१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय राजदूत रेद्वारा प्रधानमन्त्रीसँग विदाइ भेट

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार ०७:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बिदाइ भेट गरेका छन । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रे ले बालुवाटारमा प्रधानमन्त्री दाहालसँग बिदाइ भेट गरेका हुन । भेटमा प्रधानमन्त्री दाहालले कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा रेलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले रेको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिनमा यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरेका छन् । भेटमा राजदूत रे ले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना पनि सहभागि थिए । राजदूत रे आप्mनो कार्यकाल पुरा गरी भोलि स्वदेश फर्कदैछन् । रे फर्कन लागेपनि भारतले नयाँ राजदूत भने नियुक्ती गरिसकेको छैन ।