७ बैशाख २०८१, शुक्रबार
Follow Us

एक मिनेटमा ४२ पोटी लसुन

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार ०८:०५

धनगढी । विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनुभएको छ ।
उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनुभएको हो । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘ओल्र्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराउनुभएको छ । विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ ।