१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७३, मंगलवार ०८:०६

बाबियाचौर । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा सघाउनुभएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् ।
विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायत विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउने क्रम चलिरहेको छ ।यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन अङ्क लेखेर कीर्तिमानी बन्ने होडमा पुगेकी छन् । आइतबार सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभीले एक मिनेटमा रोमन अङ्क खररर्र लेखेर सबैलाई अचम्मित पारिन् । सुरभीले लेखेको भिडियो रेकर्ड ओल्र्ड रेकर्ड कमिटीमा पठाइएको छ ।