May 26, 2020
7:31 AM | 12:16 PM

वरिष्ठ नेता पौडेलद्वारा रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी

  28th February 2017 मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लमजुङ सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थानमा घाइते भएका विद्यार्थी दीपेन्द्र रेग्मीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सोमबार बिहान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर नेवि सङ्घ र अनेरास्ववियुबीच झडप हुँदा सशक्त घाइते भएका रेग्मीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।
भेटका क्रममा वरिष्ठ नेता पौडेलले सुन्दरबजार क्याम्पसमा भएको झडप निन्दनीय घटना भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया