१२ बैशाख २०८१, बुधबार
Follow Us

आचार संहितालाई अक्षरस पालना गर्न निर्वाचन आयोगको सुझाव

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७३, बुधबार ११:४०

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई अक्षरस पालना गर्न मन्त्रीहरुलाई सुझाव दिएको छ । सरकारका मन्त्रीहरुलाई बुधबार आयोगको कार्यालय मै बोलाएर प्रमुख निर्वाचन आयुत्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको क्रममा सरकारी सुविधा प्रयोग नगर्न आग्रह गरे । उनले सामाजिक सद्भाव विथोल्ने, पार्टीगत प्रचारमा मन्त्रीहरु सहभागी हुन नपाउँने व्यवस्था गरिएको जानकारी समेत गराए । आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीहरु आफनो निर्वाचन क्षेत्रमा जान नपाउने, शिलान्यास, उद्घाटन का साथै नयाँ नियुक्ति समेत गर्न नपाउने भएका छन ।
छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आयोगको आचारसंहिता सरकार तथा सरकारमा सहभागि मन्त्रीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे । त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालु योजनालाई आयोगले रोक लगाउन नहुने तर अब नयाँ कार्यक्रम सुरुवात नहुने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि छलफलमा नागरिक उड्ययन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीले स्थानीय तहको निर्वाचनमा दुई वटा गाडी र मोटरसाइकल मात्रै प्रयोगको कुरा व्यवहारिक नभएको धारणा व्यक्त गरे ।
सहभागी मन्त्रीहरुले नेताहरुको आधार नै जनता र स्थानीय तह भएको बताउँदै कार्यक्रममा सहभागी हुन रोक लगाउन नहुने बताएका थिए ।