८ बैशाख २०८१, शनिबार
Follow Us

थोत्रो बोहोरा लिलामी गर्ने सुमार्गी कसरी करोड चन्दा दिने हैसियतमा पुगे ?

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७३, बुधबार १२:१४

काठमाडौं । तीन वर्षअघिदेखि रोक्क रहेको ३ अर्व २९ करोड रुपैयाँ फुकुवा गर्न राजनीतिक सहमति बन्न लागेको खबर नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ । प्रचण्ड निवास रहेको लाजिम्पाटको घर अजय सुमार्गीले उपहार दिएका हुन् । उनै अजय सुमार्गीले अफसोर कम्पनीमार्फत् नेपालमा लगानी गर्ने नाममा ३ अर्ब २९ करोड रुपैयाँ नेपाल भित्र्याउन खोजिएको हो । त्यो पैसा नेपाल भित्र्याउन सरकारको कुनै निकायबाट पनि पूर्वसहमति नलिएका कारण कालोधनका रुपमा राष्ट्र बैंकले रोकिराखेको छ ।
प्रचण्ड र देउवाको सहमतिमा रकम निकासा दिन नसकिएपछि त्यसमा एमालेलाई मनाउने काम भइरहेको स्रोतको दावी छ । यस सम्बन्धमा डुपुटी गभर्नर चिन्तामणि शिवाकोटी र अर्थसचिव शान्तराज सुवेदीले हरियो झन्डा देखाइदिएका छन् । उनीहरु भन्छन्– ‘माथिको निर्णय भए निकासा हुनसक्छ,, बल सरकारको कोर्टमा छ ।’ अर्थात प्रचण्ड सरकारले सबै कुरा भागबण्डामा गरेझैं अजय सुमार्गीले भित्र्याएको कालोधनमा पनि भागबण्डाका आधारमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
अर्थमन्त्री प्रधानमन्त्रीका सहयोगीको भूमिकामा छन् । अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योग दर्ता छ र त्यसैका लागि ०७० सालमा ब्रिटिश भर्जिन आइलेण्डस्थित झोधार इन्भेष्टमेन्ट लि बाट कर्जा लिने भनेर निवेदन दिँदा नेपालका बकंैले ऋण दिन सक्ने कि नसक्ने भन्ने खुलाउँन भन्दा अजय सुमार्गीले आधार उल्लेख गर्न सकेनन् ।
त्यसपछि नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेज लि. बाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्यागे को कलू पूँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यो पत्रको पनि जवाफ दिन सकेनन ।
यसरी अनेक तिकडम लगाएर विदेशबाट ल्याउन लागेको कालो धन सेता पार्न खोजेका अजय सुमार्गी अहिले पनि राष्ट्र बैंकको अनुमतिका लागि दिनदिनै भौंतारिइरहेको व्यवसायिक क्षेत्रमा चर्चाको विषय बनेको छ, । प्रधानमन्त्री दाहाला अधिकांश पैसा भाटभटेनी समूह, अजय सुमार्गीले मिटर व्याजमा चलाउने गरेको वित्तीय क्षेत्रमा चर्चा छ ।
कुनै दिन हेटौडा सिमेन्ट उद्योगको थोत्रा बोरा लिलामी गर्दै हिड्ने अजय सुमार्र्गी यतिबेला करोड चन्दा दिने हैसियतमा पुगेका छन् । यसमा प्रचण्डको आशीर्वाद छ भन्ने कुरामा नेपाली जनता ढुक्क छन् ।