१२ बैशाख २०८१, बुधबार
Follow Us

यौनमा सक्रिय हुन स्पेनकी यौन मन्त्रीको आग्रह

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७३, बुधबार १३:०६

म्याड्रिट । स्पेनमा भर्खरै नियुक्त गरिएकी यौन मन्त्री एडलमिरा बारिरियाले आफ्ना युगल नागरिकहरूलाई सक्रिय यौनजीवन बिताउन र बच्चा जन्माउन आग्रह गरेकी छन् । धेरै काम, थोरै आराम अनि मध्यरातसम्म बिस्तरामा नजाने संस्कृतिका कारण मानिसको यौनजीवनमा कमी आएको र त्यसको असर घट्दो जनसङ्ख्याका रूपमा देखिएको विज्ञहरूले बताएका छन् । युरोपमैं सबैभन्दा कम जन्मदर ऱहेको स्पेनमा यस वर्ष मृत्युदरभन्दा जन्मदर कम देखिएपछि सरकारमाथि तत्काल उपयुक्त कदम चाल्न दबाब परेको थियो ।
बच्चाको शिक्षा र स्वास्थ्य सरकारले हेर्नेमात्रै होइन, लालनपोषणका निम्ति भत्ता पनि दिने व्यवस्था स्पेनलगायत प्रायः सबै युरोपेली मुलुकमा छ । यतिमात्र होइन कामको सिल्सिलामा युरोपका अन्य कुनै देशमा बसाइँ सर्नुपर्दा पनि त्यहीँको सरकारबाट यस्तो सुविधा लिन सकिन्छ । तैपनि जन्मदर उल्लेख्य बृद्धि हुन सकेको छैन ।
नेपालमा पनि केही वर्षमा जन्मदर निकै घट्नसक्ने अनुमान गर्न थालिए पनि आइएनजिओ र सरकारले परिवार नियोजनका नाममा ठूलो लगानी गर्दै आएका छन् । कतै अन्तरराष्ट्रिय दबाबमा परिवार नियोजनका निम्ति राज्यले खन्याइऱहेको पैसा निकट भविष्यमैं प्रत्युत्पादक बन्ने त होइन भन्ने चिन्ता ख़ास कसैलाई नभएको विज्ञहरुले औल्याएका छन् ।