१३ बैशाख २०८१, बिहीबार
Follow Us

महासंघको अधिवेशन गर्न संचारिका समूहको आग्रह

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार ०७:१३

चितवन । संचारिका समुह चितवनको बुधबार बसेको बैठकले पत्रकार महासंघ चितवनको स्थगित ११ औं अधिवेशन तत्काल गर्न अपिल गरेको छ । तय भएको निर्वाचन स्थगित गर्दा थप समस्या सृजना हुने भएकाले उठेका मागको सम्बोधन सहित समाधान गर्दै नयाँ मिती घोषणा गर्न समेत समुहले माग गरेको छ ।
भरतपुरमा आज समुहका अध्यक्ष सृजना अर्यालको अध्यक्षतामा बसेको बैठकले महासंघ शाखाको निर्वाचनमा सकेसम्म पुरुष बराबर नभए कम्तीमा ३३ प्रतिशत महिलाको सिट सुनिश्चित गर्न अपिल गरेको छ ।
मूख्य पद र सदस्य सहित केन्द्रिय तथा प्रादेशिक पार्षदमा सकेसम्म बढी महिला पत्रकारको सहभागिता गराउन विभिन्न पत्रकार संघ संगठनसँग समन्वय गरिने निर्णय समेत बैठकले गरेको छ । सबै समुह,वर्ग,लिंग र क्षेत्रमा आवद्ध कृयाशिल पत्रकार महिलालाई सम्मानजनक र समावेशी प्रतिनिधित्वका लागि सहयोग गर्न समुहले सबैसँग आग्रह गरेको छ । साथै निर्वाचनमा सम्पूर्ण महिला एकढिक्का भई सहभागी हुनेमा समुहले प्रतिवद्धता व्यक्त गरेको छ ।
समुहले पत्रकार महासंघले थालेको सुद्धीकरण अधियानमा ऐक्यवद्धता जनाउदै कृयाशिलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
पत्रकार महासंघको विधान बमोजिम योग्यता पुगेका महिला पत्रकारलाई सदस्यता दिलाउन समुहले चितवन शाखा लगायत सबै पत्रकार संघ संगठनसँग माग गरेको छ ।
साथै आगामी स्थानिय निर्वाचनमा महिला सहभागिता बढाउने खालका कार्यक्रम तथा समाचार सम्प्रेषणमा सहयोग गर्ने प्रतिवद्धता समुहले जनाएको छ । नजिकिदै गरको अन्तराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा विषेश कार्यक्रम समुहले आयोजना गर्ने जनाएको छ ।
महिला पत्रकारको हकहितका लागि समुहले विभिन्न कार्यक्रम ,बहस पैरवी गर्नेसँगै आन्तरिक छलफल गर्ने निर्णय बैठकले पारित गरेको समुहकी उपाध्यक्ष चाँदनी हमालले उल्लेख गरेकी छिन् ।