१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शिव मन्दिरमा शिवरात्री पर्व

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७३, बिहीबार १२:१८

लन्डन । शिव मन्दिर शिव कल्चरल कम्युनिटी सेन्टर तथा अल्टरसर्ट र फार्नवोारे वरपरका बासिन्दाले गत शुक्रबार महाशिवरात्री मनाए । एम्पायर भवन अल्टरसर्टमा रहेको शिव मन्दिरमा रुद्री पाठ, जाप तथा गणेश स्तुतिदेखि भक्तजनले पूजापाठ गरेर शिवरात्री मनाए ।
कार्यक्रममा मुख्य आराधना साइ कमिटीका अध्यक्ष सुष्मा गुरुङ र भक्तजन र शिव मन्दिरका कल्चर कमिटीका संयोजक नानिया जैनले गरेका थिए । रुद्री जाप इन्जिनियर विजयले गरेका थिए । कमिटीका बाल विकासका विद्यार्थी समेत कार्यक्रममा सहभागी थिए ।
सूर्य उतारायणका अनुसार गरिने शिवको आराधनामा भक्तजनले विभिन्न भक्तिगीत गाएका थिए । रमा बानियाँ, नातिया जैन, सीता गुरुङ, ममता गुरुङ, यशोदा राई, हेमा राना, विजय, पउल गुरुङलगायतले भजनमा साथ दिएका थिए । कार्यक्रम मध्यरातसम्म चलेको थियो ।