१२ बैशाख २०८१, बुधबार
Follow Us

सहारा एकेडेमीको अक्षयकोषमा रु डेढ लाख थप

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार ०६:०१

पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा बिहीबार रु डेढ लाख थप भएको छ । पोखरा–९ नयाँबजार घर भई हाल बेलायत बस्दै आएका मीनप्रसाद गुरुङले रु एक लाख र पोखरा–९ नागढुङ्गा निवासी नरजङ्ग गुरुङले रु ५० हजार अक्षयकोषमा सहयोग गर्नुभएको छ ।
योसमेत सहारा एकेडेमीको अक्षयकोषमा हालसम्म रु एक करोड २० लाख पुगेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार अक्षयकोषमा रु दुई करोड पु-याउने लक्ष्य राखिएको छ । पोखरा–१७ दोविल्लामा विपन्न र कठिन अवस्थामा रहेका १६ जिल्लाका २८ जना बालकलाई एकेडेमीमा राखेर निःशुल्क शिक्षादीक्षा र पालनपोषण भइरहेको बताइएको छ ।