६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचनका कारण कक्षा ११ को परीक्षा स-यो

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार ०७:३५

भक्तपुर । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।
बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत् नै राख्दै वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने भएको छ ।