१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उत्तर कोरियाली दूतावासमा ज्ञापनपत्र

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार १३:५०

काठमाडौं । उत्तर कोरियामा बढ्दै गएको मानवअधिकार हननका घटनालाई लिएर नेपालका आधा दर्जन संघ संस्थाले उत्तर कोरियाली राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् । उत्तर कोरियाली शासक किम जङ उनका सौतेनी दाजु किम जङ नमको हत्याका विरुद्ध उत्तर कोरियाली दूतावासमा ज्ञापनपत्र बुझाएको ग्रामीण क्लब हाउसका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए ।
उक्त ज्ञापनपत्र बुझाउन सर्वोच्च बार एसोसिएसनका सचिव विष्णु लुइँटेल, अधिवक्ता विश्वनाथ खड्का, उत्तर कोरियाका निम्ति लोकतन्त्र र शान्ति पुनःवहाली समूहका संयोजक पोष्टबहादुर बुढा, उत्तरकोरियाका लागि शान्ति स्थापना युवा समूहका परशुनारायण बुढालगायत उत्तरकोरियाली दूतावास पुगेका थिए ।
उत्तर कोरियामा मानवअधिकार स्थापित हुनुपर्छ भनेर दूतावासमा बुझाएको ज्ञापनपत्रमा कृष्ण बुढा, विकास रोकामगर, विक्रम आले मगर, मिलन थापा, आरके चौधरी, नन्द बुढा मगर, शेरबहादुर पुन, नरेश बुढामगर, नीमप्रकाश बुढामर, दलबहादुर बुढा र शेरबहादुर घर्तीले हस्ताक्षर गरेका छन् ।
लोकतन्त्र, शान्ति र स्वतन्त्रता प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो, यसलाई संरक्षण गर्दै उत्तर कोरियामा मानवअधिकार बहाली हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ग्रामीण क्लब हाउसका अध्यक्ष सुवेदीका अनुसार उक्त ज्ञापनपत्रको बोधार्थ काठमाडौंमा रहेका २२ वटा राजदूतावास र ३५ वटा अवैतानिक दूतावासमा समेत बुझाइएको छ ।