१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको मेची–महाकाली अभियान शनिबारदेखि

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७३, शुक्रबार १४:०७

विराटनगर । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु हुने भएको छ । झापा क्रान्तिअन्तर्गत पक्राउमा परेका पाँच जनालाई झापाको सुखानीमा हत्या गरिएको दिन फागुन २१ गतेदेखि नै १५ दिने अभियान सञ्चालन गर्न लागिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेताहरुले शनिबार बिहान ८ बजे झापाको सुखानीमा सहिदको सालिकमा माल्यार्पण गरेपछि १० बजे काँकडभिट्टाबाट अभियानको शुभारम्भ हुनेछ ।
एमाले मोरङका अध्यक्ष विनोद ढकालले आज पत्रकार सम्मेलन गरी फागुन २२ गते पदयात्रा मोरङमा प्रवेश गरेपछि उर्लाबारीमा स्वागत, पथरी र कानेपोखरीमा झाँकी प्रदर्शन, बेलबारीमा सांस्कृतिक प्रदर्शन र विराटचोकमा सभा आयोजना गरिने जानकारी दिनुभयो ।
पदयात्रामा स्थायी रुपमा एक हजार कार्यकर्ताका साथै चिकित्सक, स्वयम्सेवकलगायत रहने छन् । संविधान कार्यान्वयन सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूल उद्देश्यका साथ सो अभियान शुभारम्भ हुन लागेको बताइएको छ ।