१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजेन्द्र खेतान कन्सुल कप्सको डिनमा नियुक्त

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७३, शनिबार ०९:१८

काठमाडौं । नेपालका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान अनरेरी कन्सुल कप्र्स, नेपालका नयाँ डिन नियुक्त भएका छन् । यसअघि नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछाने डिन थिए । कप्र्सका नवनियुक्त पदाधिकारीमा आङ छिरिङ सेर्पा भाइस डिन छन् भने श्रीराम लामिछाने, किरण वैद्य, बिनय मान श्रेष्ठ पदाधिकारी टिममा सदस्य छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालय र अन्य कूटनीतिक नियोगहरुसँग निकट रहेर काम गर्ने यो संस्था सन् २००७ मा गठन भएको थियो । संस्थाका सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छ । संस्थामा ४० देशका वाणिज्य दूतहरु सदस्य छन् ।