११ बैशाख २०८१, मंगलवार
Follow Us

अपहरणकारी र प्रहरीबीच गोली हानाहान

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७३, शनिबार १३:२४

काठमाडौं । अहपरणमा परेका तीन जना युवकलाई मुक्त गराउदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । काठमाडौंको स्वयम्भूबाट मुक्त गराउने क्रममा गोली हानाहान भएको हो । काठमाडौंको बौद्धबाट तीन दिनअघि विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङ अपहरणमा परेका थिए । उनीहरुलाई अहपरणकारीले फिरौती लिएर मुक्त गर्ने क्रममा प्रहरीसँग गोली हानाहान भएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई मुक्त गर्न अहपरणकारीले रु.६ लाख फिरौती लिएका थिए ।
महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार एक जना अहपरणकारी पक्राउ परेका छन् । घुँडामा गोली लागेर घाइते भएपछि अपहरणकारी दुर्गा तामाङ पक्राउ परेका हुन । त्यस्तै अपहरणमा संलग्न सचिन खवास र वीरबहादुर तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अपहरणमा संलग्न ६ जना मध्ये तीन जना भागेको जनाएको छ । उनीहरुको खोजी भइरहेको महाशाखाले जनाएको छ ।