१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेको मेची–महाकाली अभियान: मोरङ र सुनसरीमा सभा

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार ०९:३२

काठमाडौं । नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आज मोरङ र सुनसरीमा सभा गर्दैछ । मोरङको विराटचोकमा हुने सभालाई उपाध्यक्षद्धय बामदेव गौतम र भीम रावलले तथा इटहरीको सभालाई माधबकुमार नेपालले सम्वोधन गर्ने एमालेले जनाएको छ । अभियान हिजो झापाको काकडभिट्टावाट सुरु भएको थियो । स्थानीय तह निर्वाचन र मधेस विरोधीको आरोप चिर्न एमाले पन्ध्र दिने मेची–महाकाली अभियानमा जुटेको हो । अभियान चैत ५ गते सुर्खेत पुगरे टुङ्गिने छ । अभियान अन्तगर्तत एमालेले पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा सभा, -याली र साँस्कृतिक कार्यक्रम गर्दैछ ।