८ बैशाख २०८१, शनिबार
Follow Us

बाग्लुङको दरमखोला पहिरोले थुनिएपछि ताल बन्यो

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार ०९:५०

काठमाडौं । बागलुङको रिघा गाविस–७ मनेवापाटामा सुख्खा पहिरो गएको छ । बिहान ५ बजेको समयमा करिब २ सय मिटर माथिबाट एक्कासि पहिरो खसेको हो । पहिरो झरैसंगै विद्युत सर्ट हुँदा रिघा गाविसकै अन्दाजी ५६ वर्षीय पूर्णकली नेपालीको मृत्यु भएको छ भने दरमखोला थुनेर तालमा परिणत भएको छ ।
विद्युत सर्ट हुँदा आगलागी भएपछि निभाउन जाँदा करेन्ट लागेर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीलाई हटिया उपस्वास्थ्य चौकीमा उपचारका लागि लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए । अझै पनि सानो सानो पहिरो झरिरहेको अधिकारीले भनाई छ । दरमखोलामा बनेको ताल अहिले विस्तारै ओभरफ्लो भएर बग्न थालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुँवेर खापुङका अनुसार ड्यामको माथिबाट पानी विस्तारै खुल्दै गएकाले जोखिम केहि कम भएको बताए । पहिरोका कारण मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको छ । हरिचौर, खर्बाङ लगायतका गाविसबाट आवतजावत गर्ने यात्रुहरु बाटो अवरुद्ध बनेपछि अलपत्र परेका छन् । त्यस क्षेत्रका स्थानीयबासीहरुलाई सुरक्षित ठाउँमा सर्नका लागि प्रहरीले आग्रह गरेको छ । विद्युतका पोलहरु पनि ढलेकाले विद्युत पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ । पहिरो नजिकै रहेको मनकुमारी शाहीको घर जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । ताल माथिबाट पानी बग्न थालेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् । खतराको त्रास भने अझै कायम नै रहेको बताएका छन् ।