१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चितवनमा महायोग साधना हुने

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७३, आईतवार १२:३६

भतरपुर । चितवनमा आगामी बुधवारदेखि ५ दिने पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सँग समारोह हुने भएको छ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चितवन शाखाको आयोजना तथा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको सहआयोजनामा महायोग साधना शिविर गरिन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । जगद्गुरु श्रीरामानन्दचार्य सेवापीठ चतराधामका पिठाधीश महायोगी सिद्धवाबा श्रीवैष्णव कृष्णदासजी महाराजको सानिध्यमा सो शिविर गरिन लागेकोे आयोजकले जनाएको छ । सेवा पीठ चितवन शाखाका सहसंयोजक भरत सापकोटाले महायोग साधना मानव जीवनका लागि अपिरहार्य भएको बताउदै गुरुको सानिध्यमा हुन लागेको महायोगमा सहभागी हुन सबैलाई आग्रह पनि गर्नु भएको छ । सहसंयोजक सापकोटाले स्वत : हुने महायोग साधनाबाट निरोग रहन सकिने बताए ।
सो अवसरमा जुनियर अधिकृत शिक्षालय भरतपुरका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमला, समाजसेवी भरत दवाडी, सेवापिठ चितवनका सचिव जनकबन्धु अर्याल लगायतकाले महायोग साधनाको महत्व र अनुभवहरु उल्लेख गरे । जुनियर प्रहरी अधिकृत शिक्षालय (प्रहरी तालिम केन्द्र) भरतपुर परिसरमा गरिन लागेको सो महायोग साधना यही फाल्गुन २५ देखि २९ गतेसम्म चल्नेछ ।
सदियौ पहिला नेपालमा अतिनै प्रचलित पाशुपत महायोग साधना धन्यै लोप भइसकेको भन्दै जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ केन्द्र चतराधामलेले विगत ८ वर्षदेखि नेपालका विभिन्न जिल्लामा महायोग साधनाका कार्यक्रम गर्ने गरेको छ । यस साधनालाई जनजनमा पुर्याउन महायोगी सिद्धबाबाका नामबाट परिचित सेवापिठ चतराधामका मठाधीश श्रीवैण्णव कृष्णदासजी महाराजले लागि रहनु भएको उहाँका अनुआयीहरु बताउँछन् । महयोगी सिद्धबाबाले विज्ञानलाई नै चुनौती दिदै पटक पटक विना अक्सिजन नौ नौ दिनसम्म भुसमाधिरही विश्वजगतलाई नै आश्र्चयमा पार्नु भएको थियो । पुर्वी नेपालको सोलुखुम्बुमा जन्मनु भएको महायोगी सिद्धबाबा बनस्पती शास्त्रमा विद्यावारिधी समेत गर्नु भएको छ । साधना शिविरमा सहभागी भएपछि गुरु क्रिपाद्वारा स्वत : योगका आसन प्राणायम, ध्यान लगायत मन्त्रयोग ध्यानयोग, हठयोग सबै क्रियाहरु महायोगमा साधनामा हुने गर्दछ ।
सिर्जना अर्याल