११ बैशाख २०८१, मंगलवार
Follow Us

मेची–महाकाली अभियानको विरोधमा यातायात ठप्प

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार ०३:२७

सप्तरी । नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।
एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ ।