१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजाले प्राणप्रतिष्ठा गर्ने, राष्ट्रपतिले उद्घाटन गर्ने

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार ०६:०९

काठमाडौं । नवलपरासीको दम्कौलीमा निर्माण भएको शाश्वतधामस्थित एकबकेश्वर मन्दिरको प्राणप्रतिष्ठाका लागि पूर्वराजा ज्ञानेन्द्र नवलपरासी जाँदै, भोलि राष्ट्रपतिले शाश्वतधामको उद्घाटन गर्ने भएका छन् । नवलपरासीको दम्कौलीमा रहेको सीजी परिसरस्थित शाश्वतधामको एकबकेश्वर मन्दिरको प्राणप्रतिष्ठाका लागि पूर्वराजा नवलपरासी जान लाग्नु भएको हो ।
शाश्वतधाममा आज हुने एकबकेश्वर मन्दिरको प्राणप्रतिष्ठा र धर्मसभामा पूर्वराजा सहभागी हुने कार्यक्रम छ । पूर्वराजा शाहका साथमा शंकराचार्य जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ फाउण्डेशनका रविशंकर पनि धर्मसभामा सहभागी हुनेछन् ।
नवलपरासीको सीजी परिसरभित्र शाश्वतधामको निर्माण चौधरी ग्रुपले गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढबाट २१ किलोमिटर पश्चिममा रहेको दुम्कौलीमा निर्माण भएको शाश्वतधामको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदरस्वरुप निर्माण गरिएको शाश्वतधाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्न सक्ने चौधरी ग्रुपको दावी छ । उद्घाटनपछि शाश्वतधाम सर्वसाधारणका लागि खुला गरिनेछ ।