७ बैशाख २०८१, शुक्रबार
Follow Us

१८ स्वास्थ्यकर्मी निलम्वित

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार ०८:५४

काठमाडौं । स्वास्थ्य मन्त्रालयको १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेको, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेर पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै निलम्बन गरेको हो । फागुन २१ र २२ गते स्वास्थ्य मन्त्रालयबाट संचालित राष्ट्रिय पोलियो कार्यक्रमलाई असहयोग गरेकाले निलम्बन गरी स्पष्टिकरण सोधिएको मन्त्रालयले जनाएको छ । यसैबीच गृह मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रमलाई अवरोध गर्नेलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले पोलियो कार्यक्रम सञ्चालन भइरहेका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी स्वास्थ्य संस्थाको ताला खोल्न निर्देशन दिँदै सेवा सञ्चालनमा बाधा व्यवधान गर्नेलाई कारबाही गर्न भनेको हो । मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यलाई निर्वाध रुपमा सञ्चालन गर्न आवश्यक सुरक्षा लगायत सहजीकरण गर्न तथा सेवा प्रवाह सुचारु हुने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।