१५ चैत्र २०८०, बिहीबार
Follow Us

सपना बाड्दै, मान्छे मार्दै, एमालेको अभियान अघि बढ्दै

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १३:४२

काठमाडौं । नेकपा एमालेको मेची महाकाली अभियानको दोस्रो दिन सप्तरी आइपुग्दा दुई जनाको ज्यान लिएको छ । रञ्जन मेतहता, दिगम्बर यादव र पिताम्बर मण्डलको ज्यान गइसकेको छ । तर एमालेको जनसभा पनि निरन्तर चलिरहेको छ । उक्त जनसभामा उखान टुक्का सुनाउन र सपना बाड्न माहिर मानिएका एमाले अध्यक्ष केपी ओलीलाई सप्तरीवासीमा सपना बाँड्न भ्याए । उनले पूर्वपश्चिम रेल सञ्चालन हुने र तराईको मुहार फेरिने बताए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेसमा २० हजार जनतालाई आवास बनाएको, कृषिको औद्योगिकीकरण गर्ने, विद्युतीय रेल चलाउनेलगायत कार्यक्रम अघि सारेकाले विरोधीहरुलाई पिर परेको दाबी गर्नुभयो ।
नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै तराई–मधेसका विपन्न गरिब जनताको अधिकारकालागि लडाईं लडेको बताउनुभयो । कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डल र लालबाबु यादवले पनि बोल्नुभएको थियो ।
सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधबीच नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत यहाँस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा जनसभा सम्पन्न भएको छ । आज सुनसरीको इनरुवामा कार्यक्रम गरी सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको टोली सप्तरी आउँदा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरी अवरोध गरेका थिए । तर कडा सुरक्षा व्यवस्थाका कारण जनसभा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
सभा सम्पन्न भएसँगै फर्कने क्रममा मोर्चाका कार्यकर्ताले एमाले नेताहरु सवार गाडीमा ढुङ्गा प्रहार गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायर गरेको थियो । गोली लागेर दर्जनौं घाइते भएका छन् भने दुईजनाको निधन भइसक्यो । आधा दर्जनभन्दा बढी घाइतेको अवस्था गम्भीर छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ ।