१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चितवनका दुई प्राध्यापक उपाध्यक्षमा विजयी

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १४:१८

चितवन । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट चितवनका दुई जना निर्वाचित भएका छन । नेपाली काग्रेसको शुभेच्छुक संघको काठमाडौंमा भएको महाधिवेशनमा चितवनको प्रतिनिधित्व गरेका दुई जना प्राध्यापक केन्द्रिय समिति र प्रदेश समितिमा निर्वाचित भएका हुन । अनन्त ढुङ्गाना केन्द्रिय उपाध्यक्ष र विष्णु प्रसाद गौतम प्रदेश नम्बर ३ को उपाध्यक्षमा निर्वाचित भएका हुन । ढुङ्गाना बालकुमारी कलेजका र गौतम विरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यपक हुन । जगत तिमल्सिनको अध्यक्षतामा संघको केन्द्रिय समिति निर्वाचित भएको हो । चितवनबाट निर्वाचित दुई उपाध्यक्षलाई नेपाल प्राध्यापक संघका केन्द्रिय महासचिव प्रकाश अधिकारीले हार्दिक बधाई दिदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेका छन् ।