१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्रपाको एकता यात्रा चैत ७ मा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १४:२९

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले आन्दोलनरत दलहरुलाई सरकारले विश्वासमा लिएर चुनावको वातावरण बनाउनु पर्ने बताए । थापाले सोमबार पत्रकारसँग कुरा गर्दै सबै दलहरुको सहभागितामा स्थानीय तहको निार्वचन गर्नुपर्ने बताएका हुन् । सरकारले आन्दोलनरत मोर्चाहरुको मागलाई सम्वोधन गर्दै निर्वाचनको वातावरण तय गर्नुपर्ने उनको भनाइ थियो ।
पछिल्लो समयमा माओवादी केन्द्र र नेपाली काँग्रेस मधेसी मुद्दामा गम्भीर नबनेका कारण मोर्चाले निर्वाचनको विरोध गरेको अध्यक्ष थापाले बताए । सरकारले निर्वाचनको घोषणा गर्नु स्वागतयोग्य रहेको भन्दै उनले मोर्चाको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । निर्वाचनका लागि पार्टीले जनताका माँझ जानका यही चैत्र ७ गते देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा गर्ने अध्यक्ष थापाले बताए । गार्खा, झापा, कञ्चनपुर र काठमाडौंबाट सुरु हुने सो यात्रा चितवनमा आएर समापन हुने उनले बताए । निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनताको माँझमा राप्रपा कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।
चौधरी ग्रुपले नवलपरासीमा निर्माण गरेको शाश्वत धामको भोलि मंगलबार हुने उद्घाटन कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष थापाले धामले धर्मको रक्षा गर्न सहयोग पुग्ने बताए । सो धामको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागि हुन पूर्व राजा ज्ञानेन्द्र शाह पनि आज सोमबारै चितवन आइपुगेका छन् ।