६ बैशाख २०८१, बिहीबार
Follow Us

सदस्य सिंहद्वारा आयोगबाट राजीनामा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १४:३९

काठमाडौं । स्थानीय तह पुनःसंरचना अयोगका सदस्य सुनिल रञ्जन सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सरकारले आयोगको संवैधानिक क्षेत्राधिकार माथि नै हनन गरेको भन्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष उहाँले राजीनामा पेश गर्नुभएको हो ।
आयोगको समयावधि बाँकी रहँदै सरकार आफैँले ७४४ स्थानीय तह कायम गरेकाले आफू गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगको नभई सिफारिस आयोगको सदस्य भएको महसुस गरी नैतिकताका आधारमा राजीनामा दिएको सदस्य सिंहले पेश गरेको राजीनामा पत्रमा उल्लेख छ । सो पत्रमा भनिएको छ – आफ्नो फरक मतसहित आयोगले ७१९ स्थानीय तह निर्धारण गरी सरकारलाई बुझाए पनि सो प्रतिवेदन समयमै लागू नगरिँदा विशेष क्षेत्र, संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण गर्ने कार्यमा हालसम्म प्रगति हुन सकेको छैन् ।