१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७३, सोमबार १४:५९

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ ।
यता, नेकपा एमालेले सप्तरी घटनापछि आफ्नो मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित गरेको छ । प्रहरीसँगको झडपमा गोली लागेर सोमबार यो समाचार तयार पार्दासम्म ४ जनाको मृत्यु भएलगत्तै सप्तरीको रुपनीबजारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले अभियान फागुन २४, २५ र २६ गतेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । रुपनीबजारस्थित सुमन प्याकुरेलको घरमा बसेको बैठकमा स्थायी समितिका उपलब्ध सदस्यहरू सहभागी थिए ।