१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इलाम समाज हङकङको पाचौ अधिवेशन

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७३, मंगलवार ०५:४६

हङकङ । इलाम समाज हङकङको पाचौ अधिवेशन तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ । उत्त कार्यक्रममा इलाम समाज हङकङवाट प्रकाशन भएका पुस्तकहरु सचित राइको माङखिम निबन्ध सग्रह, स्व डिल्लीराम बाङदेल राइको कविता सग्रह म फुल हु का साथ समाजको स्मारिका इलाम सन्तोषभक्त राजलवट को गीति एल्बम सन्तोष सयुत्त रुपमा साहित्यकार समाजसेवीहरुले विमोचन गरे । कवि शरण सुव्वाले स्वागत भाषण का साथ इलाम स्मारिका माथि परिचर्चा गरेका थिए । साझा साहित्यिक सृखलाका सयोजक लाल वहादुर गुरुङले साहित्य का महत्त्व मा प्रकाश परेका थिए ।
समीक्षा समाजका हेम कुमार लवाती ,शशि मदन राई छत्र सुब्बा प्रताप कोयु राई ले नेपाली साहित्यका महत्वपूर्ण पुस्तक प्रकाशन गरेको मा शुभकामना मन् तव्य राखेका थिए । सचित राइको बहुचर्चित पुस्तक माङखिम को विवेचना गर्दै राज कुमार राईले नेपाली वाङमयमा उत्कृष्ट पाठकीय पुस्तक माङखिम ले राजनीतिक समाजिक धार्मिक बैचारिक विश्लेषण गरिएको पुस्तक मा राम प्रसाद राई को स्वाभाविक मृत्यु कि हत्या हो भन्ने सन्दर्भमा खोजमुलक अालेख अाएको यसै गरि रत्न कुमार वान्तावा का विषयमा पनि नयाँ पाटावाट विश्लेषण गरिएको छ भने ।
लेखकमा बौद्धिक दृष्टिकोण प्रचुर भएको पुस्तक भित्र धर्म समाज राजनीति बिषयमा विश्लेषणात्मक बिचार अाएको छ पुस्तक यश बर्ष प्रकाशित पुस्तकहरुमा उत्कृष्ट पुस्तक भएको वताए । समाज का उपध्यक्ष कवि दिपा एवाइ राई ले सन्चालन गरेको उत्त विमोचन कार्यक्रम को प्रमुख अथिति नेपाली लेखक सघका वैदेशिक उपध्यक्ष राज कुमार राई र सभाका सभापति समाजका अध्यक्ष विपिन राइले गरेको थिए ।पहिलो चरणको कार्यक्रम विर्शजन गर्दै विपिन राइले विमोचित पुस्तक म फुल हु को बिषयमा स्व डिल्लीराम राईले अार्थिक अाभावले जीवनमा पुस्तक प्रकाशन गर्न नसकेको अहिले उनको हङकङ निवासी तारा कुलुङ राईले प्रकाशनमा सहयोग पुराएको मार्मिक भनाइ राखेको थियोे । कार्यक्रम को दोस्रो चरणमा इलाम समाजको पाचौ अधिवेशन वाट पुन विपिन राई नै अध्यक्ष मा निर्बिरोध निर्वाचित भएको छ।