११ बैशाख २०८१, मंगलवार
Follow Us

बेल्जियम सरकारले पढाइमा दिएको स्टेरटोरलागेन के हो ?

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७३, मंगलवार ०५:४८

ब्रसेल्स । बेल्जियममा फ्लेमिस सरकारले कम आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ स्टेरटोरलागेन (Stud।etoelagen) भनिन्छ । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा गएका बच्चा र जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै पाउने सुबिधा हो । यो पनि ठिक करको जस्तै पोहरको आम्दानी यो साल भर्ने अनि अर्को बर्ष भुक्तानी हुने गर्छ ।
के मैले पनि भर्न र यो आर्थिक सहयोग पाउछु?
पक्कै: येदि
१) मेरो बच्चा फ्लेमिस पाठशालामा भर्ना भएको छ ।
२) मेरो बेल्जियममा बस्ने नागरिकता वा अन्य अनुमतिको कागज छ ।
३) बार्षिक सरकारले तोक्ने अत्याधिक आम्दानी भन्दा बढी मेरो आम्दानी छैन ।
४) मेरो कम्तिमा पनि बैंकखाता छ ।
५) मेरो बच्चा बेल्जियमको पाठशालामा तोकिएको नियम भन्दा बढी दिन गयल छैन ।

कहिले सम्म भर्नु पर्ने?
हरेक बितेको सालको विवरण अनलाइनमा हाल सालको जुलाई १ भित्र भरिसक्नु पर्छ । यदी कागजमा भरेर पठाउनु हुन्छ भने सोहि मिति भित्र पुगेको हुनुपर्छ, अर्थात जुनको २९ तारिक भित्र हुलाकमा निम्न ठेगाना लेखि भुझाएको हुनुपर्छ ।
Vlaams M।n।ster।e van Onderw।js en Vorm।ng
Afdel।ng Stud।etoelagen
Hendr।k Consc।encegebouw Kon।ng Albert ।।-laan 15
1210 Brussel

के यो आर्थिक सहयोगले मेरो तिर्नुपर्ने कर बढ्छ ?
यो तपाइले सरकारी अनुदान स्वरूप पाउने रकम हो । अरु आम्दानी जस्तो सरकारी कर संग कुनै पनि सरोकार हुदैन ।
मैले कति सहयोग पाउछु ?
कति फिर्ता पाउने, निम्न कुराहरुमा भर पर्छ ।
पारिवारिक आम्दानी कति छ ?
परिवारमा जम्मा कति जना छन् ?
बच्चा कति कक्षामा छ ?
नियम भन्दा बढी गयल छ कि छैन ?
यी सबै कुरामा भर पर्छ ;

साधारण तय ४ देखि ६ कक्षामा जाने २ जना विद्यार्थी छन् र परिवारमा १ जनाको मात्रै पुरा काम छ भने लगभग १००० यूरो जति पाउछ ।
२०१६ को लागि कम्तिमा २५६.३३ यूरो देखि बढीमा ३४५५,०२ यूरो सम्म फिर्ता पाउने प्राबधान छ ।

कति आम्दानी भएपछि पाउदैन ?
बढी र कम को तोकिएको नियम, रकम बर्षेपिच्छे सरकारको बजेट र योजना अनुसार परिबर्तन हुन्छ ।
२०१६ मा एउटा परिवारको ६४,२१५.७६ भन्दा बढी आम्दानी छ, भने यो सहयोग पाइदैन ।
कसरि भर्ने ?
यो भर्न सजिलो छ । बा वा आमा मध्ये एकको पुरा विवरण अनि बालबालिकाको विवरण र जादैगरेको पाठशालाको नाम र ठेगाना मात्रै भर्ने हो । विवरण ठिक छ छैन र पुरा हाजिरी छ छैन , बाकी कुरा मन्त्रालयले पाठशाला संग बुझ्छ ।
हरेक पाठशालामा पनि माग्न सकिन्छ वा http://onderw।js.vlaanderen.be/nl/home बाट पनि प्रिन्ट गर्न सकिन्छ।
अनलाइन वा कागजमा भर्दा साचों विवरण मात्रै दिनु पर्छ । अन्यथा फाइन पनि तिर्नु पर्ने हुनसक्छ । समयमै फारम भरि आफ्नो आर्थिक सहयोग सुरछित राख्नुहोस ।

हरीकृष्ण श्रेष्ठ
गोकर्ण काठमाडौँ
हाल ब्रुस्सेल्स बेल्जियम