८ बैशाख २०८१, शनिबार
Follow Us

अस्थिरताप्रति अमेरिकी चिन्ता, संयम अपनाउन आग्रह

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७३, मंगलवार १२:१९

काठमाडौं । सप्तरीमा हिजो भएको घटनालाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै राजनीतिक बहसमा हिंसाले स्थान पाउन नहुने बताएको हो । प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग रहेको र राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुने विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सबै प्रदर्शनकारी र दललाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन तथा सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ । नेपाली जनता र नेपाल सरकार स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्रुन पाउँदा आफू उत्साही रहेको भन्दै अमेरिकाले नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा आफू सबै नेपालीसँग सहकार्य गर्न प्रतिबद्ध पनि जनाएको छ ।