१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनबिसी युकेमा नयाँ नेतृत्व, मिलन घिमिरे अध्यक्ष

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७३, मंगलवार १७:०३

लण्डन ,बेलायत
नेपलीज व्रिटीश कम्यूनिटी यू के ( NBC UK) ले आफ्नो स्थापनाको सातौ वार्षिकोत्सब तथा साधारण सभा एक साथ भव्य रूपमा सम्पन्न गरि मिलन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितीको सर्बसम्मत चयन गरेको छ।

गत आइतबार सम्पन्न सभाले कार्यसमितिमा सचिब चुरामणी रेग्मी , कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू ; शमिर नाथ प्याकुरेल , राजेन्द्र ओझा, लेखनाथ घिमिरे , बसन्त नेपाल, राम सुन्दर शाहा , खेम राज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरूग,प्रसुन राना,संजीब घिमिरे र रामु पाण्डे को चयन गरेको छ।
कार्यसमितीको चयन पश्चात बसेको पहिलो बैठकले सस्थाको सल्लाहाकारहरूमा सर्वसम्मत कुल आचार्य, कमल पौडेल , गंगा बहादुर राना, कमल राज खनाल, कृष्ण तिमल्सिना, राम शरण सिंमखडा, बिज्ञान प्रसाई, राज कुमार त्रिपाठी, महेश कुमार दाहाल, बासु लामीछाने, र गोपाल आले को चयन गरेको छ।
वेम्लीको हिमालयन क्लवमा भएको उक्त कार्यक्रम लाई बार्षिक साधारण सभा तथा स्थापना दिवस गरि दुई चरणमा गरिएको थियो । कार्यक्रका प्रमुख अतिथि एन आर एन यूरोप कोओर्डिनेटर तथा सस्थाका सल्लाहाकार कुल आचार्य, संस्थापक कोओर्डिनेटर कमल पौडेल , भूपु कोओर्डिन्टर गंगा बहादुर राना , सल्लाहाकारहरू बिज्ञान प्रसाई, रामशरण सिंमखडा, तथा महिला प्रतिनिधी भगवती रानाभाटले सस्थाले गरेका सामाजीक , मानवीय , भाषा सांस्कृतिक , र मनोरन्जनात्मक जस्ता राम्रा कामहरूको चर्चा गर्दै यो सस्था आफ्नै मौलीकता मा चलेको र बेलायता यसले नमुना सस्थाको रूपमा पहिचान गराउन सफल छ । अन्य सस्थाहरूले यसवाट सिक्नु पर्ने भएको छ भन्दै यो सस्थाको सदस्य हुनुमा गौरव महसुस हुने कुरा व्यक्त गर्नु भयो । यहि कुरालाई निरन्तरता दिदै अझै गौरबशाली सस्था बनोस भन्दै शुभकामना मन्तव्य सहित सभाको सफलताको कामना गर्नु भयो।कोओर्डिनेटर कमल राज खनालको सभापतित्वमा भएको कार्यक्रममा सदस्य शमिरनाथ प्याकुरेल ले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब मिलन घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रम मा संस्थाको बार्षिक प्रतिबेदन कोओर्डिनेटर कमल राज खनालले , आर्थिक प्रतिबेदन राजेन्द्र ओझाले , विधान र च्यारिटीको विषयमा लेखनाथ घिमिरेले प्रष्ट पार्नुभएको थियो भने चुरामणी रेग्मीले पावर पोईन्ट को माध्यमबाट सम्पूर्ण कुरालाई प्रश्तुत गरि आकर्षक र व्यवस्थित बनाऊनु भएको थियो ।