८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनभित्र राजनीति घुस्यो : जीवा लामिछाने, प्रमुख संरक्षक एनआरएनए

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७३, मंगलवार ०५:५३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक जीवा लामिछानेले संघको सञ्जाल विस्तारसँगै चुनौति पनि थपिएको बताए । गैरआवासीय नेपाली संघ यूकेले सोमबार साँझ फानबरोस्थित गोर्खा प्यालेसमा आयोजित सम्मान कार्यक्रम बोल्दै लामिछानेले पछिल्लो समयमा गैरआवासीय नेपाली संघभित्र दुई प्रकारका चुनौती रहेको औंल्याए । उनले गैरआवासीय नेपाली संघको माध्यमबाट ब्यक्तिगत स्वार्थपूर्ति गर्नेको संख्या बढेको बिचार ब्यक्त गरे । त्यस्ता खाले विचारले गैरआवासीय नेपाली संघलाइै नै ध्वस्त पार्नेतर्फ सचेत गराए । उनले गैरआवासीय नेपाली संघभित्रको अर्को डर लाग्दो चुनौती भनेको राजनीति भएको बताए । उनले चाहेर वा नचाहेर पनि गैरआवासीय नेपाली संघभित्र राजनीतिक गतिविधि बढेको स्वीकार गरे । नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन लन्डन आएका लामिछानेले गैरआवासीय नेपाली संघको अभियानमा बेलायतबासी नेपालीले उल्लेख्य सहयोग गरेको चर्चा गर्दै उनले बेलायतमा बन्न लागेको नेपाली घरका लागि सफलताको लागि शुभकामना दिए ।
कार्यक्रममा गैरअवासासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघभित्र कुनै विवाद नभएको स्पष्ट पारे । उनले भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले १ हजार घरको निर्माणकार्यलाई छिट्टै सुरु गर्ने बताउदै । नेपाल सरकारी झ्नझ्टलो प्रकृयाले केही ढिलाइ हुन गएता पनि गैरआवासीय नेपाली समुदायबाट उठेको रकम पूर्ण रुपमा सदुपयोग हुने बताए । कार्यक्रममा पन्तले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई सिंगो कार्यसमितिले पूर्ण रुपमा सहयोग गरेको स्पष्ट पारे । एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्य, सल्लाहाकारहरु विश्वआर्दश पण्डित, डमर घले, डा. हेमराज शर्मा, पूर्वअध्यक्ष सूर्य गुरुङ नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकाललगायतले आ–आफ्नो भनाइ राखेका थिए । महासचिव विजय लिङदेनले सञ्चालन गरेको कार्यक्रममा कार्यसमितिका सदस्य, आइसीसी सदस्य, सल्लाहकारको सहभागिता थियो ।