१२ बैशाख २०८१, बुधबार
Follow Us

सप्तरी घटनाबारे एमालेले सबै जिल्लामा सभा गर्ने

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार ०७:४०

काठमाडौँ । एमालेले सप्तरी घटनाबारे पार्टी कार्यकर्तालाई जानकारी दिन आज काठमाण्डौंमा अगुवा कार्यकर्ता भेला गर्दैछ । आम जनता र पार्टी कार्यकर्तालाई सप्तरी घट्नाबारे जानकारी दिन एमालेले देशभरका सबै जिल्लामा सभा पनि गर्नेछ । सभाको मिति तय गरी कार्यक्रम गर्न एमालेले सबै जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमालेको मेची–महाकाली अभियान बिथोल्ने क्रममा मधेसी मोर्चा र प्रहरीबीचको झडपका कारण ४ जनाको मृत्यु भएको थियो । मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घर, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भइरहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाउन एमालेले सरकारसँग माग पनि गरेको छ । फागुन २७ देखि मेची–महाकाली अभियानका कार्यक्रम निरन्तर जारी रहने भएकाले त्यसमा सहभागी हुन पनि पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।