मातृभाषा शिक्षाका अभियन्ता दिपक तुलाधरज्युलाई काठमाण्डौमा सम्पन्न भएको नेवा: दे दबुको एक कार्यक्रममा हस्तान्तरण गरिएको ‘ठाकुर लाल पुरस्कार ‘बापत प्राप्त एक लाख नगद बाट उहाँले पचास हजार रुपैंया लुभु नेवा: इंगलिस स्कुललाई सहयोग गर्नु भएको छ l बाँकी भएको पचास हजार नगद पनि नेपाल भाषा शिक्षा संग सम्बन्धित व्यक्ति वा स्कुललाई सहयोग गर्ने योजना रहेको कुरा बताउनु भएको छ l
स्कुलमा मातृभाषा पढाउनु पर्छ ,बाल बच्चा हरुलाई मातृभाषा बाट शिक्षा भन्ने उद्वेस्य लिई ‘नेवार बस्ति नेवार स्कूल ‘अभियान चलाउनु भएको हुनाले उहाँलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो l