११ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीय सुरक्षा फौजको गोली लागेर एक नेपालीको निधन

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार ०८:०७

धनगढी । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानेर एक नेपालीको हत्या गरेको छ । कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेपछि एसएसबी विरुद्ध स्थानीय प्रतिकारमा उत्रेका थिए । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका छन् । आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।
विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । तर, विहीवार पुन भारतका एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।