१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपाको २ मन्त्री थपिए, थापा उप तथा स्थानीय विकास मन्त्री

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार १०:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने जानकारी दिनुभयो ।
सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अहिले साँझ ६ बजे शपथ गराइने श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सो पार्टीका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्मा सहभागी हुनुहुन्छ ।