१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहमा महिलाको भूमिका

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार १३:५३

चितवन । आगामी वैशाख ३१ गते स्थानिय निकायको निर्वाचन तोकिएसगै  निर्वाचनलाई सफल बनाउन स्थानिय तथा जिल्ला स्तरमा अन्तरक्रिया, छलफल तथा गोष्ठीहरु पनि आयोजना भइरहेका छन् । स्थानिय निकायमा ४० प्रतिशत महिला सहभागिताको प्रावधान नेपाल सरकारले ल्याएकाले पनि  महिला प्रतिनिधित्व गराउन पनि यस्ता कार्यक्रमहरु आयोजना भइरहेका हुन् ।
यसैबीच बिहीवार मात्रै पनि आगामी स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढाउन स्थानिय तहमा महिलाको भुमिका विषयक छलफल कार्यक्रम आयोजना गरिएको छ । चित्रवन नगरपालिकाका  कार्यलय गुन्जनगर मा भएको सो कार्यक्रम चित्रवन नगरपालीकाको  सहयोग र सञ्चारिका समूह चितवनको आयोजनामा भएको  हो ।
कार्यक्रममा चितवन क्षेत्र नं. ४ का सांसद रामकृष्ण घिमिरेले अन्य देशको तुलनामा नेपाली महिलाको हकअधिकार संविधानमा बढि नै सुनिश्चत गरिएको बताउनु भयो । स्थानिय निकायमा भएको आरक्षणको व्यवस्थापनि अन्य मुलुकको तुलनामा स्वागतयोग्य नै भएको भनाई राख्नु भयो । सदियौ देखिका सस्कार र परम्परा का कारण पनि महिलाका सबालहरु सम्बोधनमा  हुन समय लागेको  सांसद घिमीरेले प्रष्टाउनु भयो । ।
चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत  रामचन्द्र अर्यालले महिलाका लागि छुटाइएको बजेट  महिलाका क्षेत्रमा खर्च गरेको बताउनु भयो । अधिकृत अर्यालले स्थानिय निर्वाचनमा महिला सहभागिता बढाउन नगरपालिका पनि लागि परेको धारण राख्नु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सरिता केसीले महिलाहरु आंफै पनि निर्वाचनमा सक्रिय भएर अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो ।
प्रेस सेन्टर प्रदेश ३ की उपाध्यक्ष शान्ता अधिकारीले प्रमुख उपप्रमुख मध्ये महिला हुने संविधानमा उल्लेख भएपनि प्रतिस्पर्धामा महिला पछि पर्न सक्ने सम्भावना रहेको भन्दै ,राजनीतिक दलले सहमतीका आधारमा महिला महिला बिच प्रतिस्पर्धा गराउनपर्ने सुझाप राख्नु भयो ।
कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका चित्रवननगर सभापति शालिकराम पौडेल, नेकपा एमालेका सिद्धि प्रसाद पराजुली, माओवादी केन्द्रकी सरिता ढकाल, राप्रपाका राम विक्रम ठकुरी लगायतले स्थानिय तहको निर्वाचनमा महिला सहभागिता ४० प्रतिशत गराउन आंफुहरु प्रतिबद्ध रहेको बताउंदै महिला सहभागीलाई प्रोत्साहन गर्न लागि परेको बताएका छन  सो कार्यक्रममा समाजेवी विण्णु ढकाल, नेपाल महिला संघ अध्यक्ष पार्वती शाह  बोल्नु भएको थियो
चित्रवन नगरपालीकाका महिला अधिकारकर्मी सुर्यकला अधिकारी, दिलु गजमेर, स्वतिका परियार, आशा गुरुङ, सीता पान्डे, तारा गुरुङ, लगायतले महिला महिला बिच प्रतिस्पर्धा गराउन माग गरेका छन् ।
सञ्चारिका समूह चितवनकी सह सचिव करुणा देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष सृजना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।
हाल हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान भएपनि पुर्णता पाउन नसकेको अवस्थामा स्थानिय निकायको निर्वाचनमा महिला सहभागिता ४० प्रतिशत हुनुपर्ने प्रावधानले पुर्णता नपाउने धेरैको आंकलन छ । महिलाले आंफुलाई हरेक कोणबाट सक्षम सबल नेतृत्वको रुपमा अगाडि सार्ने बेला भएको भन्दै उनिहरुले महिला नेतृत्वलाई अगाडी बढाउन राज्य तयार रहेको बताएका हुन् ।
महिलाहरु राजनितिक क्षेत्रमा नेतृत्वदायी स्थानमा आउन नसक्दा अझै पनि महिलाका महिलाहरु ओझेलमा परिरहेका छन् । राजनीतिक क्षेत्रमा महिलाको सक्रिय सहभागिता हुन नसक्दा महिलाका हक अधिकारहरु ओझेलमा परिरहेका छन् ।