१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गाडी दुर्घटनामा चौधको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार १४:०६

जाजरकोट । सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा चौध जना यात्रुको निधन भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ ।
बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।