१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुद्ध जन्मस्थलबाट शान्ति र राष्ट्रिय एकताका पक्षमा सन्देश

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७३, शुक्रबार १३:१०

बुटवल । नेकपा(एमाले)ले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २९ र ३० गते लुम्बिनी अञ्चलका तराईका तीन जिल्लामा सभा हुने भएको छ । आइतबार ५ नं प्रदेश अन्तर्गतको नवलपरासीको बर्दघाटबाट -यालीसहित भुमही र रुपन्देहीको भैरहवा तथा सोमबार कपिलवस्तुका चार नं जितपुर र चन्द्रौटामा होलीसहित सभा हुने एमाले केन्द्रीय सदस्य तथा सांसद वैजनाथ चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान कार्यान्वयन, सामाजिक सद्भाव र समृद्धिका पक्षमा एमालेले फागुन २१ गतेदेखि पूर्वको मेची पुलबाट अभियान सुरु गरेको हो ।
एमाले उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडेलले ती सभाले बुद्ध जन्मस्थलबाट दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले निर्धारित समयमा तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनका गर्नुपर्नेमा सरकार विभिन्न बहानामा निर्वाचनलाई अलमल्याउन लागेको आरोप लगाउँदै अभियानले निर्वाचन र संविधान कार्यान्वयनमा समेत जनदबाब सिर्जना गरेको बताउनुभयो ।
भैरहवामा सांस्कृतिक कार्यक्रमसहित हुने सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीले जानकारी दिनुभयो ।